BREAKING NEWS
१० श्रावण २०७८, आईतवार

जसपा विवाद टुंग्याउन निर्वाचन आयोगको इजलास बस्दै

एक्सन खबर
जसपा विवाद टुंग्याउन निर्वाचन आयोगको इजलास बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास आज बस्दैछ । आयोगले आज दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ।

यसअघि दुवै पक्षको बहसपछि सक्कली प्रमाण झिकाएर मात्रै अन्य कुरा अघि बढ्ने सहमति भएको थियो । जसअनुसार उपेन्द्र र महन्थ दुवै पक्षले निर्णयका सक्कल कागजातहरू मंगलबार बुझाइसकेका छन् । सक्कली प्रमाण बुझाएपछि आज पुनः बहस सुरु हुने र निष्कर्षमा पुग्ने बताइएको छ ।

गत आइतबार आधिकारिकता विवादमा निर्वाचन आयोगमा सुनुवाइ भएको थियो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालगायत पाँचजनाको इजलासमा सुनुवाइ भएको थियो।

- ७ श्रावण २०७८, बिहीबार १०:२४ मा प्रकाशित



Kumari Advertisement
top ad