BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

नेपालगन्ज मेडिकल कलेजका कर्मचारी र अस्पताल प्रशासनबीच सहमति

एक्सन खबर
नेपालगन्ज मेडिकल कलेजका कर्मचारी र अस्पताल प्रशासनबीच सहमति
[sharethis-inline-buttons]

बाँके । मासिक तलब, कोभिड भत्ता लगायतका माग राखि एक सातादेखि आन्दोलनरत नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका कर्मचारी र अस्पताल प्रशासनबीच सहमति भएको छ । अस्पताल प्रशासनले साउन १० गतेभित्र बैशाख महिनाको तलब भुक्तानी गर्ने सहमति जनाएपछि आन्दोलनरत पक्ष सहमतिमा आएको हो ।

मासिक तलव, कोभिड भत्तालगायतका माग राखेर एक हप्तादेखि अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीहरु आन्दोलनमा थिए ।

अस्पताल प्रशासन र आन्दोलनरत कर्मचारीबीच भएको वार्ता अनुसार बैशाख महिनाको तलव यही साउन १० गतेभित्र भुक्तानी गर्न अस्पताल प्रशासन सहमत भएको छ । जेठ महिनाको तलव साउन २० गतेभित्र र असार महिनाको तलव भदौ पहिलो साताभित्र भुक्तानी गर्न अस्पतालले प्रतिबद्धता जनाएपछि तत्कालका लागि आन्दोलन रोकिएको आन्दोलनरत कर्मचारी मुनिर खाँले बताए ।

यस्तै वीमा, खाजा भत्ता, ओभरटाइम, सामाजिक सुरक्षा वाफतको रकम भने साउन मसान्तभित्र टुङ्ग्याउने सहमति भएको अस्पतालका उपनिर्देशक श्यामकुमार शर्माले बताए ।

- ९ श्रावण २०७८, शनिबार १२:३८ मा प्रकाशित



Kumari Advertisement
top ad