BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

जसपा विवाद : बहुमत सदस्यहरुको हस्ताक्षरसहित यादव पक्ष सोमबार निर्वाचन आयोग जाने

एक्सन खबर
जसपा विवाद : बहुमत सदस्यहरुको हस्ताक्षरसहित यादव पक्ष सोमबार निर्वाचन आयोग जाने
[sharethis-inline-buttons]

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्षले आफूसँग बहुमत कार्यकारिणी सदस्य रहेकाले सोमबार निर्वाचन आयोगमा उपस्थित हुने निर्णय गरेको छ।

शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको उक्त पक्षको कार्यकारिणी बैठकले सबै सदस्यहरुलाई परिचय खुल्ने सक्कल कागजातसहित आयोगमा पुग्न निर्देशन समेत दिएको छ।

बैठकमा ५१ मध्ये ३३ जना सदस्यहरु सहभागी भएका थिए । बैठकपछि नेता महेन्द्र राय यादवले आफूहरुसँग बहुमत रहेको बताए । त्यस्तै जसपाका अर्को पक्षले सर्वोच्चमा दिएको रिट निवेदनका विषयमा पनि बैठकमा छलफल भएको थियो।

बैठकमा संसदीय दलबाट पाारित संसदीय दलको विधान प्रस्तुत भएको उनले बताए । विधान अध्ययनका लागि कार्यकारिणी सदस्यहरुलाई उपलव्ध गराइएको उनले बताए । कार्यकारिणी बैठकबाट विधान पारित भएपछि संसदीय दलको नेता चयनको प्रक्रिया सुरु हुने उनको भनाई छ।

यसअघि निर्वाचन आयोगले जसपाको आधिकारिकता विवाद टुंगो लगाउन कार्यकारिणी समिति सदस्यलाई साउन ११ गते बोलाउने निर्णय गरेको थियो तर आयोगको प्रक्रिया रोक्न जसपाका महन्थ पक्षले सर्वोच्चमा रिट दायर गरेको छ।

- १० श्रावण २०७८, आईतवार १०:१४ मा प्रकाशित



Kumari Advertisement
top ad