BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

निर्मला पन्त हत्याको ३ वर्ष पुरा ,पीडितलाई न्याय दिलाउन कांग्रेस प्रवक्ता शर्माको ध्यानाकर्षण

एक्सन खबर
निर्मला पन्त हत्याको ३ वर्ष पुरा ,पीडितलाई न्याय दिलाउन कांग्रेस प्रवक्ता शर्माको ध्यानाकर्षण
[sharethis-inline-buttons]

काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्या भएको आज ३ वर्ष पुरा भएको छ । ३ वर्ष बितिसक्दा पनि उनको हत्यारा पत्ता लगाउन सरकार सफल हुन सकेको छैन।

नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले अब सरकारले निर्मलाको हत्याराबारे अनुसन्धान अगाडि बढाउने बताएका छन् । यसै सन्दर्भमा नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले यसअघि प्रतिपक्ष रहेको आफ्नो पार्टीको नेतृत्वमा भर्खरै गठित सरकारलाई निर्मलाको न्यायमा ध्यान दिन आग्रह गरेका छन्।

‘बालिका निर्मला पन्तको हत्या प्रकरण आज साउन १० गते ३ वर्ष पुग्यो। सम्माननीय प्रधानमन्त्री र माननीय गृहमन्त्रीको ध्यानाकर्षण गराउन चाहन्छु,’ आइतबार शर्माले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रतिपक्षमा छँदा प्रश्न थिए हामीसँग। हामीसँग सत्तारूढ बनेपछिको समयले जवाफ माग्छ।’

आजभन्दा ठीक दुई वर्ष अघि। २०७५ साउन १० गते। कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीय निर्मला पन्त प्याजी रङको लेडिज साइकल चढेर बिहान १०:३० बजेतिर साथीको घरजान भनेर निस्केकी थिइन्। उनी निस्किँदा आमा दुर्गादेवी घरमा थिइनन्। गाउँका अरु महिलाहरु पनि उनीसँगै सामान लिनको लागि भारतको वनवासा पुगेका थिए।

उनी घर फर्किदा निर्मला घरमा थिइनन्। अबेरसम्म पनि नआएपछि उनको खोजी भयो। छरछिमेकदेखि प्रहरीसम्म छोरी खोज्न हारगुहार गरिन्। भोलिपल्ट मात्र भीमदत्त नगरपालिका–१८ निम्बुखेडा स्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव भेटियो।

निर्मला पन्तको हत्याको विषय सुदूर पश्चिमबाट मुलुभर चर्चाको विषय बन्यो र दवाव दिने समूहहरु सडकमा उत्रिन थाले।

अभियुक्तका रुपमा सुरुमा सार्वजनिक गरिएका ४१ वर्षीय दिलिप सिंह विष्ट डिएन परीक्षण नमिलेपछि रिहा भए। त्यसपछि ७० जना भन्दा धेरैको डीएनए परीक्षण भयो। तर, कसैसँग मेल खाएन।

- १० श्रावण २०७८, आईतवार १०:५० मा प्रकाशित



Kumari Advertisement
top ad