BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

जसपा ठाकुर पक्षको मुद्दामा आज फैसला हुने

एक्सन खबर
जसपा ठाकुर पक्षको मुद्दामा आज फैसला हुने
[sharethis-inline-buttons]

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले सर्वोच्च अदालतमा दर्ता गराएको ‘हेड काउन्ट’सम्बन्धी मुद्दामा आज फैसला हुने भएको छ।

निर्वाचन आयोगले पार्टीको आधिकारिकतासम्बन्धी विवाद टुंग्याउन हेड काउन्ट गर्ने तयारी गरेपछि ठाकुर सर्वोच्च पुगेका थिए । सो मुद्दाको पेसी सर्वोच्चले आजका लागि तोकेको छ।

सर्वोच्च आदेश आएपछि कार्यकारिणी समितिको बैठक बस्ने र आदेशअनुसार निर्णय गर्ने बताइएको छ । त्यसका लागि ठाकुुर पक्षले आज अपराह्‍न ४ बजेका कार्यकारिणी समितिको बैठक बोलाएको छ । हिजो पनि ठाकुर पक्षले छलफल गरेको थियो ।

अब जसपामा रहने वा नरहने सर्वोच्च अदालतको आदेशमा भर पर्ने अध्यक्ष ठाकुरले बताउँदै आएका छन्।

 

- १० श्रावण २०७८, आईतवार ११:१७ मा प्रकाशित



Kumari Advertisement
top ad