BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

एमाले एकता प्रयास : विघटित कार्यदलका सदस्यहरुको बैठक बस्दै

एक्सन खबर
एमाले एकता प्रयास : विघटित कार्यदलका सदस्यहरुको बैठक बस्दै
[sharethis-inline-buttons]

काठमाडौं। नेकपा एमाले विवाद समाधानका लागि गठन भई विघटन भएको एमाले कार्यदलका सदस्यहरुको बैठक आज दिउँसो एक बजे सिंहदरबारमा बस्ने भएको छ।

‘१० बुँदे सहमतिमा कार्यदलका सबै सदस्यको एक मत हो भने त्यहीअनुसार अघि बढ्नुपर्‍यो। होइन भने नयाँ विकल्प ल्याएर भए पनि पार्टी एकता जोगाउनु पर्‍यो । त्यसकै लागि विघटित कार्यदलका सदस्यहरूसँग छलफल गर्न लागेका हौँ,’ ओली पक्षका सांसद कृष्णप्रसाद दाहालले भने।

पार्टी एकताका लागि विघटित कार्यदलका सदस्यहरूमार्फत दबाब दिनका लागि आज छलफलका लागि बोलाइएको उनले बताए।बैठकमा एमालेका सबै सांसदहरूलाई आमन्त्रण गरिएको छ। ‘सांसदका कुराहरू पनि विघटित कार्यदलका सदस्यहरूलाई सुनाउँछौँ । उहाँहरूका कुरा पनि सुन्छौं,’ दाहालले भने।

- १० श्रावण २०७८, आईतवार १२:३८ मा प्रकाशित



Kumari Advertisement
top ad