BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

जसपा ठाकुर पक्षको कार्यकारिणी समितीको बैठक बस्दै

एक्सन खबर
जसपा ठाकुर पक्षको कार्यकारिणी समितीको बैठक बस्दै
[sharethis-inline-buttons]

काठमाडौं । जनता समाजवादी पार्टी जसपाको कार्यकारिणी समितीको बैठक बस्दै छ ।

सोमबार पार्टी आधिकारिकता विवादमा निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी सदस्यहरूलाई सनाखतका लागि बोलाएकोले जसपा कार्यकारिणी समितीको बैठक बस्न लागेको ठाकुर पक्षका एक नेताले जानकारी दिए ।

निर्वाचन आयोगले सोमबार गर्न लागेको केन्द्रीय सदस्यहरूको सनाखत रोक्न अध्यक्ष ठाकुरले सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।अपराह्न ४ बजेसम्म सुनुवाइपछि रिटबारे सर्वोच्चको केही निर्णय आउनसक्ने भएर बैठक बोलाइएको ती नेताले भने।

‘सर्वोच्चले अन्तरिम आदेश जारी गरेपछि सनाखत गर्ने कुरा नै सकिन्छ,’ ती नेताले भने,‘अन्तरिम आदेश जारी नभएको अवस्थामा थप रणनीति बनाउन बैठक बोलाइएको छ।’५१ सदस्यीय कार्यकारिणी समितिमा अर्का अध्यक्ष उपेन्द्र यादवपक्षमा ३२ जना कार्यकारिणी सदस्य खुलिसकेका छन् भने महन्थ पक्षतिर १८ जना छन्। एकजना राजकिशोर यादव हालसम्म तटस्थ बस्दै आएका छन्।

यसैगरी संघीय संसदको ३४ सांसदमध्ये २२ जना उपेन्द्र पक्षमा छन् भने १२ जना महन्थपक्षतिर छन्।

- १० श्रावण २०७८, आईतवार १३:२२ मा प्रकाशित



Kumari Advertisement
top ad