BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

गण्डकी सरकार गठनमा दलितमाथि विभेद भएको भन्दै डा.कोइरालाले भने-‘भोली कुन मुखले समुदायमा जाने ?’

एक्सन खबर
गण्डकी सरकार गठनमा दलितमाथि विभेद भएको भन्दै डा.कोइरालाले भने-‘भोली कुन मुखले समुदायमा जाने ?’
[sharethis-inline-buttons]

काठमाडौं ।  गण्डकी प्रदेश सरकार गठनका क्रममा दलित समुदायमाथि विभेद गरिएको भन्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले आपत्ती जनाएका छन् ।

सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै डा. कोइरालाले नेपाली कांग्रेस लोकतान्त्रिक समाजवाद र समावेशीताबाट कहिल्यै पर जान नहुने उल्लेख गरेका हुन् ।

उनले भनेका छन् -‘सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको नेपाली कांग्रेसलाई गण्डकी प्रदेशको सरकार गठन प्रक्रियाले दुखित् बनाएको छ । त्यति मात्र नभई सिंगो दलित समुदाय जसले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेले उनीहरुको शिर निहुरिएको छ।’

उनले अघि भनेका छन् -भोलि कुन मुखले उनीहरुको अगाडि जाने ? यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ? सामाजिक न्यायका कुरा केवल इतिहासको बखान र शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो।

वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्छ । यसलाई तुरुन्त सच्याउनु जरुरी छ।

- १० श्रावण २०७८, आईतवार १३:४४ मा प्रकाशित



Kumari Advertisement
top ad