BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा

एक्सन खबर
मुख्य प्रशिक्षक अलमुताइरीद्वारा राजीनामाको घोषणा
[sharethis-inline-buttons]

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले राजीनामा दिने भएका छन् ।

प्रशिक्षक अलमुताइरीले सामाजिक संजाल फेसबुकबाट आफुले राजीनामा दिने बताएका छन् ।अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङको कारण राजीनामा दिन लागेको बताएका छन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) ले गत चैतमा कुवेतका प्रो लाइसेन्स प्राप्त प्रशिक्षक अलमुताइरीलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

एएफसी कोचिङ इन्स्ट्रक्टर समेत रहेका अब्दुल्लाहलाई एन्फाले एक वर्षको लागि मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।उनको नेतृत्वमा नेपालले कुवेतमा विश्वकप छनौटका ३ खेल खेलेको थियो ।

जसमा नेपालले चाईनिज ताईपेलाई २–० गोल अन्तरले पराजित गरेका थियो । तर, नेपाल जोर्डनसँग ३–० गोल र अष्ट्रेलियासँग पनि ३–० गोल अन्तरले नै पराजित भएको थियो ।यस्तै नेपालले इराकसँग मैत्रीपूर्ण खेल खेलेको थियो । उक्त खेलमा नेपाल इराकसँग ६-२ गोल अन्तरले पराजित भएको थियो ।

- १० श्रावण २०७८, आईतवार १५:२० मा प्रकाशित



Kumari Advertisement
top ad