BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

माधव नेपालले नारदमुनि रानालाई भने- ‘प्रतिगमनको मतियार भएर नबस्नुस् ,राजीनामा दिनुस्’

एक्सन खबर
माधव नेपालले नारदमुनि रानालाई भने- ‘प्रतिगमनको  मतियार भएर नबस्नुस् ,राजीनामा दिनुस्’
[sharethis-inline-buttons]

काठमाडाैं । अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा एमाले नेता माधव नेपालले केपी ओली पक्षका सांसद नारदमुनि रानालाई प्रतिगमनको मतियार भएर समितिमा नबस्न चेतावनी दिएका छन् ।

रानाले जनताबाट नभई अदालतको परमादेशबाट प्रतिनिधिसभा ब्युँतिएको बताएका थिए। त्यस्तै, आफ्नो सरकार गिराउन नेपाल पक्षले भूमिका खेलेको भन्दै आपत्ति जनाएका थिए । आइतबार बसेको बैठकमा ओली पक्षका सांसद र सत्तापक्षीय गठबन्धनका सांसदहरूबीच भनाभन भएको हो।

प्रतिनिधिसभा पुनर्स्थापना र माधव नेपाललगायतका सांसदहरूको व्यवहारप्रति रानाले आपत्ति जनाएपछि नेपालले उनलाई प्रतिगमनको मतियार भएर नबस्न भनेका हुन्। नेपालको भनाइ थियो, ‘प्रतिगमनको मतियार भएर यहाँ नबस्नुस्। राजीनामा दिनुस् निस्कनुस्।’

- १० श्रावण २०७८, आईतवार १५:५० मा प्रकाशित



Kumari Advertisement
top ad