BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

प्रधानमन्त्री देउवाद्वारा श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

एक्सन खबर
प्रधानमन्त्री देउवाद्वारा श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त
[sharethis-inline-buttons]

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय संचालक उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्री नियुक्त भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी भने प्रधानमन्त्री शेरबहादुर देउवाले नै लिएका छन् ।हात्तीवनस्थित लिटिल एन्जल्स स्कूलका सञ्चालकसमेत रहेका सांसद श्रेष्ठ प्याब्सन र उच्च माध्यमिक विद्यालयहरूको संगठन (हिसान) का संस्थापक अध्यक्षसमेत हुन् ।

भोजपुर घर भएका श्रेष्ठको थुप्रै व्यवसायिक क्षेत्रमा लगानीसमेत छ ।दोस्रो संविधानसभामा उनी २६ मनोनीत सभासद्मा परेका थिए ।श्रेष्ठ हाल संघीय संसदमा नेपाली कांग्रेसबाट समानुपातिकतर्फका सांसद छन् ।

- १० श्रावण २०७८, आईतवार १६:०१ मा प्रकाशित



Kumari Advertisement
top ad