BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

दाङ प्रमुख जिल्ला अधिकारीद्वारा राप्ती प्रतिष्ठानको स्थलगत अवलोकन

एक्सन खबर
दाङ प्रमुख जिल्ला अधिकारीद्वारा राप्ती प्रतिष्ठानको स्थलगत अवलोकन
[sharethis-inline-buttons]

घोराही । दाङ जिल्लाका प्रमुख जिल्ला अधिकारीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थलगत अवलोकन तथा निरीक्षण गरेका छन् । आज प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुबाङले प्रतिष्ठानको पछिल्लो प्रगतिको अवस्थाको बारेमा जानकारी लिएका हुन् ।

सो अबसरमा प्रतिष्ठानकी उपकुलपति प्रा.डा.संगिता भण्डारीले कोरोना तेस्रो भेरियन्टको लहरको सम्भावित जोखिमलाई मध्यनजर गर्दै भएका तयारीको बारेमा जानकारी गराएकी थिइन् ।

उपकुलपति डा. भण्डारीले कोरोनाको नयाँ भेरियन्टको सम्भावित तेस्रो लहरलाई मध्यनजर गरेर प्रतिष्ठानले आइसियू र भेन्टिलेटर सञ्चालनमा ल्याइएको साथै विरामी आवत जावत तथा आवश्यक सामग्री पुर्याउन र ल्याउन र्याम्प तथा लिफ्ट निर्माण कार्य तिब्र रुपमा चलिरहेको बताइन् ।


डा. भण्डारीले अक्सिजन प्लान्टको अक्सिजनको प्रयोगबाट आइसियू सेवा चलिरहेको जानकारी गराउँदै बालबालिकालाई लक्षित गरेर आइसियू थप्ने काम पनि जारी रहेको जनाइन् ।

अस्पताल निर्देशक डा. प्रज्ञा सिंह बस्नेतले अस्पतालमा ट्रान्सफर्मर जडान र फिडर लाइन जोड्नका लागि सम्बन्धित निकायमा पहल गरिदिन प्रमुख जिल्ला अधिकारी कुरुबाङलाई आग्रह गरिन् ।

प्रजिअ कुरुबाङले प्रतिष्ठानको विकास र विस्तारमा आफ्नो पूर्ण रुपमा सहयोग रहने कुरा बताउँदै प्रतिष्ठानले यस भेगका विरामीलाई कुनै कठिनाई बिनाउपचार प्रदान गर्न काम गरिरहेकोमा खुसी व्यक्त गरे ।

अवलोकनमा नेपाल प्रहरी अनुसन्धानका एसपी अर्जुन भण्डारी, प्रतिष्ठानका प्रमुख सल्लाहकार नारायण भुषाल, विद्युत प्राधिकरण घोराहीका प्रमुख लगायतको सहभागिता रहेका थियो ।

- १० श्रावण २०७८, आईतवार २१:१३ मा प्रकाशित



Kumari Advertisement
top ad