BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

ओलम्पिक जापानमा एलेक्सको राष्ट्रिय किर्तिमान

एक्सन खबर
ओलम्पिक जापानमा एलेक्सको राष्ट्रिय किर्तिमान
[sharethis-inline-buttons]

काठमाडौं । एलेक्स शाहले पुरुष १ सय मिटर फ्रीस्टाइलमा राष्ट्रिय कीर्तिमान कायम गर्दै आफ्नो हिट जितेका छन् । टोकियो ओलम्पिक २०२० अन्तर्गत पौडीको खेलाडी एलेक्सले निर्धारित दुरी ५३.४१ सेकेन्डमा पूरा गर्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

उनले यसअघि आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान सुधार गरे । हिट चरण कम समयमा पूरा गर्ने शीर्ष १६ खेलाडीले प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाउनेछन् । यस स्पर्धामा ७१ जनाले प्रतिस्पर्धा गर्दैछन् । एलेक्स समावेश पहिलो हिटमा ७ तथा अन्यमा ८/८ खेलाडी रहेका छन् ।

जारी ओलम्पिकमा एलेक्सले राष्ट्रिय किर्तिमान कायम गरेपनि अर्को चरणमा पुग्ने सम्भावना भने समाप्त भइसकेको छ । अन्य हिटमा प्रतिस्पर्धा गर्ने खेलाडीले एलेक्सभन्दा राम्रो समय निकालेका कारण उनी अर्को चरणमा जान सकेनन् ।

एलेक्सले दक्षिण एसियाका भुटान, माल्दिभ्स र पाकिस्तानका खेलाडीसहित १० जनालाई पछि पारेका छन् । १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण जितेका श्रीलंकाका म्याथ्यु अबेसिंघेले ५०.६२ सेकेन्डमा पूरा गरे । समग्रमा ४८.४४ सेकेन्डभन्दा कम समयमा पूरा गर्नेले सेमिफाइनलमा स्थान बनाउँदा एलेक्स पछि परे ।

१ सय मिटर फ्रिस्टाइलमा राष्ट्रिय किर्तिमान गौरिका सिंहले भोली प्रतिस्पर्धा गर्नेछिन् । गौरिकाले आठौं राष्ट्रिय खेलकुदमा ५९.६० सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै राष्ट्रिय किर्तिमान कायम गरेकी थिइन् ।

शनिबार जुडोकी सोनिया भट्ट ४८ केजी तौल समूहमा र सुटिङकी कल्पना परियार १० मीत्र एयर राइफलमा प्रतिस्पर्धा गर्दै नेपाल फर्किसकेका छन् । कल्पनाले राष्ट्रिय कीर्तिमान राख्न सफल भएकी थिइन् । भने, एथलेटिक्सकी सरस्वती चौधरीले भने ३० जुलाईमा प्रतिस्पर्धा गर्नेछिन् । उनले १ सय मिटर दौडमा सहभागिता जनाउने छिन् ।

जापानमा जारी ओलम्पिकमा आयोजक जापान १० स्वर्णसहित पहिलो स्थानमा छ । अमेरिका ९ स्वर्ण सहित २५ मेडलमा दोश्रो स्थानमा रहँदा चीन ९ स्वर्ण सहित तेश्रो स्थानमा कायम छ ।

- १२ श्रावण २०७८, मंगलवार २०:५९ मा प्रकाशित

Kumari Advertisement
top ad