BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

लागु औषध हिरोईन सहित १ जना पक्राउ

एक्सन खबर
लागु औषध हिरोईन सहित १ जना पक्राउ
[sharethis-inline-buttons]

धनगढी । नेपाल प्रहरीले आज साँझ ५ बजे धनगढी उपमहानगरपालिकाको सिटी होटलबाट एक व्यक्तिलाई लागु औषध हिरोइन सहित एक जनालाई पक्राउ गरेको छ ।

धनगढी उप–महानगरपालिका वडा नं. २ चौराह स्थित सि.टि.होटलमा लागु औषधको कारोवार भईरहेको भन्ने गोप्य सुचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिई गएको प्रहरी टोलीले धनगढी उप–महानगरपालिका वडा नं. १ बस्ने बर्ष २८ को सुरज पार्कीलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार निज पार्कीलाई सि.टि. होटलमा शंकास्पद रुपमा बसिरहेको अवस्थामा फेला पारी चेकजाँच गर्दा निजको साथबाट ६ ग्राम लागु औषध (हिरोईन) फेला परेको र अहिले उनलाई लागु औषध हिरोईन शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान कार्य भई रहेको छ ।

- १२ श्रावण २०७८, मंगलवार २१:३४ मा प्रकाशित



Kumari Advertisement
top ad