BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

कर्णाली र वीपी प्रतिष्ठानका चिकित्सक तथा नर्सहरु कोभिड–१९ विशिष्ट सम्मानबाट सम्मानीत

एक्सन खबर
कर्णाली र वीपी प्रतिष्ठानका चिकित्सक तथा नर्सहरु कोभिड–१९ विशिष्ट सम्मानबाट सम्मानीत
[sharethis-inline-buttons]

काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा सिनियर स्टाफ नर्सलाई बारबरा फाउण्डेशनले कोभिड–१९ विशिष्ट पुरस्कारबाट सम्मान गरेको छ ।

कोरोना संक्रमण नियन्त्रण र उपचारमा उत्कृष्ट कार्य गरेको भन्दै प्रतिष्ठानका इमरजेन्सी विभागका प्रमुख प्रा.डा. ज्ञानेन्द्र मल्लसहित *मेची अञ्चल अस्पतालका कन्सल्टेन्स फिजिसियन  डा. मनिष सुवेदी, डा. कुञ्जाङ शेर्पा तथा वीपी प्रतिष्ठानकी सिनियर स्टाफ नर्स मञ्जु देउलालाई कोभिड–१९ विशिष्ट पुरस्कारबाट सम्मानीत गरिएको हो ।

वीपी प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा अहोरात्र खटिएर कोरोना संक्रमितको उपचारमा संलग्न भएवापत बारबरा फाउण्डेशनले प्रतिष्ठानका इमरजेन्सी विभागका प्रमुख प्रा.डा. मल्ल सहित तथा सिनियर स्टाफ नर्स देउलालाई सम्मान गरेको हो ।

बारबरा फाउण्डेशनले वीपी प्रतिष्ठानसँगै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, कोशी कोभिड अस्पताल, पाटन अस्पताल, त्रिवि शिक्षण अस्पताल लगायतमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्य सहयोगीहरुलाई विशिष्ट सम्मानबाट सम्मानीत गरेको जनाएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति सहित तीन स्वास्थ्यकर्मीले बारबरा विशिष्ट सम्मान प्राप्त गरेका छन् । राष्ट्रिय सभामा आज आयोजित एक कार्यक्रममा प्रतिष्ठानबाट सम्मानीत हुनेहरुमा उपकुलपति डा. मंगल रावलसहित पिसिआर ल्याव टेक्निसियन मानबहादुर बुढा तथा सिएमए नन्द कार्की रहेका छन् । सम्मानीत हुने सबैलाई पूर्वराष्ट्रपति डा. रामवरण यादव तथा फाउण्डेशनका अध्यक्ष डा. सन्दुक रुइतले सम्मान गरेका थिए ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमणको पहिलो तथा दोश्रो लहरमा सिमित श्रोत साधन तथा जनशक्तिका बाबजुद उत्कृष्ट कार्य गरेको थियो । भने, वीपी प्रतिष्ठानले कोभिड–१९ लेवल ३ अस्पताल निर्माण गरेर कोरोना संक्रमितको उपचार गरेको छ ।

बारबरा फाउण्डेशनले किया मोटर्सको आधिकारिक विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजसँगको सहकार्यमा १ करोड रुपैंया सम्मान राशीको ‘कोभिड–१९ विशिष्ट सम्मान’ दिने घोषणा गरेको थियो । सोहि अनुसार कोभिड–१९ को अग्रपङ्तीमा रहेर अहोरात्र खट्ने स्वास्थ्यकर्मी, नर्स, प्यारामेडिक्स, स्वास्थ्य सहयोगी कर्मचारी, स्वास्थ्य सफाइकर्मी, अस्पताल तथा स्वास्थ्य संस्थालाई सम्मानीत गरिएको हो ।

*सच्चाइएकाे । -सम्पादक

- १६ श्रावण २०७८, शनिबार २१:४३ मा प्रकाशित



Kumari Advertisement
top ad