BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

राजर्षि जनक विश्वविद्यालयका कन्ट्रायक्ट शिक्षकहरु आन्दोलित

एक्सन खबर
राजर्षि जनक विश्वविद्यालयका कन्ट्रायक्ट शिक्षकहरु आन्दोलित
[sharethis-inline-buttons]

जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयका पेपर/कोर्ष कन्ट्रायक्ट शिक्षकहरु करार नियुक्तीको माग गर्दै आन्दोलित भएका छन् । स्थापना कालदेखि कार्यरत शिक्षकहरु आन्तरिक प्रक्रियाद्धारा करार गर्न माग गर्दै आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले चार महिनादेखि करार गर्न माग गर्दै आएपनि सबन्धीत निकायले बेवास्ता गरेपछि पहिलो चरणमा साउन २४ गतेदेखि निधारमा कालोपट्टी बाँधेर अनलाईन कक्षा लिइरहेका छन् । उनीहरुले साउन २९ गतेसम्म आफुहरुको माग सम्बोधन नभए कडा आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

शिक्षकहरुले २७ वटा दरबन्दी खाली छ। त्यसमा शिक्षकको स्यालरी पनि आइराखेकोले त्यो दरबन्दीमा शिक्षकहरुलाई करारमा नियुक्ति गर्न भनिएको हो।

विश्वविद्यालयका उपकुलपति डा. भरत झा र रजिष्ट्रार महेन्द्र यादवको पदावधि अगामी पुससम्म मात्र रहेकाले नयाँ राजनीति अनुसार फरक व्यक्ति नियुक्त गरिए आफुहरुलाई करार सम्झौता गर्न समस्या हुने शिक्षकहरुको बुझाई छ ।

क्याम्पस प्रमुख विनोद कर्णले खास सेमेस्टरका लागि मात्रै पेपर कन्ट्रायक्ट शिक्षक राख्ने प्रावधान रहेको बताए । करारमा नियुक्त गर्ने अधिकार केन्द्रीय कार्यालयको कार्यकारी परिषदको रहेकाले
त्यसमा आफुले केही गर्न नसक्ने बताए ।

उनले आन्दोलनरत शिक्षकहरुको संघ समेत अवैधानिक रहेको दावी गरे । उपकुलपति भरत झाले कन्ट्रायक्ट गरिएका व्यक्तिहरुलाई करार नियुक्त गर्नु सम्भव नरहेको बताए ।

- २५ श्रावण २०७८, सोमबार २१:३७ मा प्रकाशित



Kumari Advertisement
top ad