BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

ला लिगामा भ्यालेन्सियाको विजयी सुरुवात

एजेन्सी
ला लिगामा भ्यालेन्सियाको विजयी सुरुवात
[sharethis-inline-buttons]

एजेन्सी । स्पेनको घरेलु लिग ला लिगाको नयाँ संस्करणमा भ्यालेन्सियाले विजयी सुरुवात गरेको छ । घरेलु मैदानमा शुक्रबार राति भएको खेलमा गेटाफेमाथि १–० को जित निकाल्दै भ्यालेन्सियाले विजयी सुरुवात गरेको हो ।

भ्यालेन्सियाको जितमा कार्लोस सोलेरले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ११औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए। भ्यालेन्सियामा शुक्रबार राति भएको खेलको तेस्रो मिनेटमा नै घरेलु टोली १० खेलाडीमा समेटिएको थियो । ह्युगो गुइलामोन सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि भ्यालेन्सिया समस्यामा परेको थियो ।

तर ११औं मिनेटमा भ्यालेन्सियाले डिजेन डोकोनामले पेनाल्टी बक्समा डेनिस चेरेसेभलाई लडाएपछि प्राप्त पेनाल्टीमा कार्लोस सोलेरले गोल गर्दै भ्यालेन्सियालाई अग्रता दिलाए । एक गोलले पछि परेको गेटाफेले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि बराबरी गर्न सकेन ।

७६औं मिनेटमा गेटाफे इरिक कावाको दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरेपनि सदुपयोग हुन नसक्दा पहिलो हाफको गोल नै भ्यालेन्सियाको जितमा निर्णायक बन्यो ।

ला लिगामा आज (शनिबार) क्याडिजले लेभान्टेसँग खेल्दा रियल मलोर्काले रियल बेटिससँग खेल्नेछ । यस्तै डिपोर्टिभो एलाभेसले रियल म्याड्रिडसँग तथा ओसासुनाले इस्पान्योलसँग खेल्नेछ ।

- ३० श्रावण २०७८, शनिबार ०८:१६ मा प्रकाशित

Kumari Advertisement
top ad