BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

राष्ट्रिय ख्रीष्टियन महासंघ कर्णाली प्रदेशको प्रमुखमा पास्टर गैरे निर्वाचित

एक्सन खबर
राष्ट्रिय ख्रीष्टियन महासंघ कर्णाली प्रदेशको प्रमुखमा पास्टर गैरे निर्वाचित
[sharethis-inline-buttons]

सुर्खेत । राष्ट्रिय ख्रीष्टियन महासंघ कर्णाली प्रदेशको प्रमुखमा रेभ.पास्टर पदम गैरे निर्वाचित भएका छन् । गैरे प्रदेश प्रमुखमा निर्विरोध निर्वाचित भएका हुन् । कर्णाली प्रदेशका १० जिल्लामा रहेका ४०० भन्दा बढी चर्चका प्रमुख तथा पदाधिकारीहरुको जुम सहभागितामा वीरेन्द्रनगर सुर्खेतमा बुधबार आयोजित कर्णाली प्रदेशको दोस्रो भेला तथा प्रथम अधिवेशनबाट प्रदेश प्रमुख गैरको नेतृत्वमा ४८ सदस्यीय प्रदेश समिति गठन भएको छ ।

प्रदेश समितिको उपप्रमुखमा सुर्खेतका पास्टर गोमानसिंह बस्याल, महिला उपप्रमुखमा दैलेखका पास्टर पवित्रा गुरुङ, सचिवमा सुर्खेतका पास्टर प्रेम बयलकोटी, उपसचिवमा सुर्खेतका भक्त मर्साङ्गी र कोषाध्यक्षमा सुर्खेतकै मनोज पुलामी निर्विरोध निर्वाचित भएका छन् ।

ख्रीष्टियन महासंघका केन्द्रीय उपाध्यक्ष तथा मानव अधिकार विभाग प्रमुख एवं निर्वाचन मण्डलका संयोजक अधिवक्ता भविन्द्र राईका अनुसार महासंघको प्रदेश समिति सदस्य तथा प्रचारप्रसार विभाग प्रमुखमा जुम्लाका कर्णबहादुर भण्डारी, उपप्रमुखमा सुर्खेतका पास्टर निशान घर्ती र सदस्यमा कालीकोटका सागर विश्वकर्मा रहेका छन् ।

मण्डली समन्वय विभाग प्रमुखमा पूर्वी सुर्खेतका पास्टर लीलबहादुर सुनार, उपप्रमुखमा मुगुका पास्टर राजु मल्ल, सचिवमा रुकुमपश्चिमका रेभ फादर अमर थापा र सदस्यमा जाजरकोटका पास्टर शेरबहादुर गिरी रहेका छन् ।

यता सामाजिक समन्वय विभाग प्रमुखमा सुर्खेतका एल्डर रामजीप्रसाद कोईराला, उपप्रमुखमा जुम्लाका रेभ.फादर धनबीर नेपाली, सचिवमा सुर्खेतका खड्क बयलकोटी, सदस्यमा बीरबहादुर महर, अन्तर धार्मिक समन्वय विभाग प्रमुखमा दैलेखका रेभ.पास्टर बिर्ख बयलकोटी, उपप्रमुखमा सुर्खेतका रेभ.फादर पूर्ण वर्देवा, सचिवमा सुर्खेतका पास्टर चन्द्र रोका क्षेत्री र सदस्यमा सुर्खेतकै पा.शिव परियार निर्वाचित भएका छन् ।

अधिवेशनले हिमाली भेक मण्डली समन्वय विभाग पनि गठन गरेकोमा प्रमुखमा हुम्लाका पास्टर हर्कबहादुर तामाङ, उपप्रमुखमा मुगुका पास्टर गोरख बम, सचिवमा कालीकोटका पास्टर पूर्ण सेजुवाल, सदस्यहरुमा मुगुका पास्टर धनराज रावल र डोल्पाका पास्टर राजेन्द्र झाँक्री मगर निर्वाचित भएका छन् ।

राजनीतिक समन्वय विभाग प्रमुखमा सुर्खेतका अगुवा धर्मजंग थापा उपप्रमुखमा सुर्खेतका अगुवाद्वय अमर विक र पास्टर प्रेम नेपाली, सचिवमा एल्डर मिलन बिसी र सदस्यमा अगुवा चन्द्रबहादुर नेपाली, संगठन विभाग प्रमुख सुर्खेत पास्टर लिलबहादुर श्रीस, सचिवमा हिक्मत गिरी र सदस्यमा जुम्लाका एल्डर जगदीश नेपाली निर्वाचित भएका छन् ।

शिक्षा विभाग प्रमुखमा सल्यानका पास्टर बलबहादुर ताम्राकार, उपप्रमुख रुकुमपश्चिमका रेभ.फादर सूर्यप्रकाश जिएम र सदस्यमा सुर्खेत एल्डर ललिता आउजी, महिला विभागको प्रमुखमा मुगुका पास्टर रजनी भाम, सचिवमा सुर्खेतका कृष्णा गैरे र सदस्यमा सुर्खेतका पास्टर एल्जिना मगर निर्वाचित भएका छन् । प्रार्थना विभाग प्रमुखमा सुर्खेतका अगुवा दिलमाया बुढा, सचिवमा सुर्खेतका प्रकाश बराईली, सदस्यद्वय जुम्लाका सत्तल सार्की र कालीकोटका जिर सेजुवाल निर्वाचित भएका छन् ।

त्यसैगरी अधिवेशनबाट युवा विभागका प्रमुख सुर्खेतका पास्टर चिरञ्जिवि गैरे, उपप्रमुख तिमोथी नेपाली र सचिवमा सुवास खरेल निर्वाचित भए भने, सुर्खेतका रेभ.पास्टर लाबहादुर बयलकोटी, पास्टरहरू ज्ञानबहादुर गुरुङ, डम्बरबहादुर गुरुङ, बीरबहादुर राना, जुम्लाका नारायणदत्त न्यौपाने र दत्त महतारासहितको सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

अधिवेशनमा ख्रीष्टियन महासंघका केन्द्रीय अध्यक्ष सिवी गहतराजले प्रदेश समितिका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई जुममार्फत् पद तथा गोपनीयताको सपथ ग्रहण गराउँदै ‘धार्मिकताले राष्ट्रलाई उचाल्छ’ भन्ने मूलमन्त्र, नेपाल देश, पिता–पुत्र–पवित्र आत्मा त्रि–एक प्रमेश्वर र विधानको ओतमा रहेर काम गर्न निर्देशन दिएका थिए ।

प्रदेश समितिका नवनिर्वाचित प्रदेश प्रमुख पदम गैरेले कर्णाली प्रदेशमा ४०० मण्डली गरेर यहाँको कुल जनसंख्याको ३ प्रतिशत अर्थात् ५० हजारको संख्यामा रहेका उपेक्षित, उत्पीडित ख्रीष्टियनहरुको अवस्थालाई नेपालको संविधान, २०७२ को भाग ३ मा व्यवस्था गरिएका मौलिक हक अन्तरगत रहेर उनीहरुको सामाजिक, साँस्कृतिक, धार्मिक, आर्थिक, राजनीतिक अधिकार कार्यान्वयनका लागि सम्बन्धित निकायमा दबाब सृजना गर्न पहल र पैरवी गर्ने बताए ।

- ३१ श्रावण २०७८, आईतवार १५:५७ मा प्रकाशित



Kumari Advertisement
top ad