BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

राजर्षि जनक विश्वविद्यालय क्याम्पसका सैद्धान्तिक कक्षाहरु स्थगित

एक्सन खबर
राजर्षि जनक विश्वविद्यालय क्याम्पसका सैद्धान्तिक कक्षाहरु स्थगित
[sharethis-inline-buttons]

जनकपुरधाम । जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको विश्वविद्यालय क्याम्पसका सम्पूर्ण सैद्धान्तिक कक्षाहरु स्थगित गरीएको छ ।

विश्वविद्यालय क्याम्पसमा अध्ययनरत विएस्सी एमएलटी, विएस्सी सिएसआइटी, विविए, विसिए तथा विपिएचमा अध्ययनरत विद्यार्थीहरुको दोश्रो वर्ष तेश्रो समेस्टर र तेश्रो वर्ष पाँचौ सेमेस्टरको सैद्धान्तिक कक्षाहरु स्थगित गरीएको छ ।

कार्यवाहक क्याम्पस प्रमुख विनोद कुमार कर्णले उल्लेखित विषयमा अध्ययनरत विद्यार्थीहरुको प्रथम वर्ष दोश्रो समेस्टर तथा दोश्रो वर्ष चौथो सेमेस्टरको केन्द्रीय परीक्षा सञ्चालन तथा अभिलेख केन्द्रबाट परीक्षा तालिका प्रकाशित भएकोले साउन ३१ गतेदेखि अर्को सूचना प्रकाशित नहुञ्जेल सम्मका लागि सम्पूर्ण सैद्धान्तिक कक्षाहरु स्थगित गरिएको जनाएका छन् ।

हेर्नुहोस् सूचना

- ३१ श्रावण २०७८, आईतवार १७:३२ मा प्रकाशित



Kumari Advertisement
top ad