BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

पोखरा विश्वविद्यालयद्वारा इन्जिनियरीङ ड्रइङको परीक्षा स्थगित

एक्सन खबर
पोखरा विश्वविद्यालयद्वारा इन्जिनियरीङ ड्रइङको परीक्षा स्थगित
[sharethis-inline-buttons]

पोखरा । पोखरा विश्वविद्यालयले परीक्षा स्थगित गरेको छ । विश्वविद्यालयले स्नातक तह इन्जिनियरीङ ड्रइङको परीक्षा स्थगित गरेको जनाएको छ ।

विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले सूचना प्रकाशित गर्दै ३० जुलाई २०२१ देखि सञ्चालित स्नातक तह स्प्रिङ २०२० को परीक्षा (बैकल्पिक मुल्यांकन) पूर्व प्रकाशित तालिका अनुसार १०–१३ सेप्टेम्बर २०२१ मा हुने परीक्षा हाल स्थगित गरेको जनाएको हो ।

परिस्थिति अनुकुल भए पश्चात इन्जिनियरीङ ड्रइङको भौतिक रुपमै परीक्षा सञ्चालन गर्ने परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक डा. तुल्सीराम भण्डारीले बताएका छन् । विश्वविद्यालयका अन्य विषयकाे परीक्षा भने चालू रहेका छन् ।

- ११ भाद्र २०७८, शुक्रबार १८:४१ मा प्रकाशित



Kumari Advertisement
top ad