BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

राष्ट्रिय उपमेयर कप महिला फुटबल निम्ति धरानको तयारी

एक्सन खबर
राष्ट्रिय उपमेयर कप महिला फुटबल निम्ति धरानको तयारी
[sharethis-inline-buttons]

धरान । एन्फाको आयोजनामा हुने ‘राष्ट्रिय उपमेयर कप फुटबल’ प्रतियोगितामा सहभागी हुन धरान उपमहानगरपालिकाले महिला फुटबल टिमको तयारी शुरु गरेको छ । आगामी कात्तिकमा हुने अन्तर नगरपालिका महिला फुटबल प्रतियोगीतामा धरान उपमहानगरपालिका सहभागी हुन तयारी शुरु गरिएको हो ।

मेयर तिलक राईको सभापतित्वमा शनिबार धरान महिला फुटबल क्लबका खेलाडीहरु, खेलकुद विकास समितिका पदाधिकारी, राष्ट्रिय फुटबल टिमका पूर्व खलाडीहरु, प्रशिक्षकहरु तथा महिला फुटबल राष्ट्रिय प्रशिक्षक भगवती राना सहितको बैठकमा धरानको टिम बनाउने बारेमा छलफल भएको हो ।

छलफलको निर्णय अनुसार सहभागी महिला फुटबल क्लबका खेलाडीहरुलाई तत्काल अभ्यास शुरु गर्न मेयर राईले फुटबल प्रदान गरे । छलफलमा सहभागी क्लबका २३ खोलाडीहरु लाई पायक पर्ने स्थानमा ३ समुह बनेर अभ्यास गर्न २÷२ गरी ६ वटा फुटबल प्रदान गरिएको हो ।

क्लब बाहेकका इच्छुक महिला खेलाडीहरु लाई सहभागी गराउन सूचना प्रकाशित गरी समुहगत प्रशिक्षण सञ्चालन गरिने भएको छ । प्रशिक्षणका लागि आवश्यक साधन श्रोत सहित उपमहानगरपालिकाले उपलव्ध गराउने मेयर राईले बताए । उनले महिला खेलाडीहरुलाई अनुसाशित, लगनशिल फुटबल अभ्यास गर्न आग्रह गरे ।

महिला फुटबल क्लबमा हाल खेली रहेका खेलाडीहरु धरानका विभिन्न विद्यालय, कलेजमा कक्षा ८ देखी व्याचलर तह सम्मका किशोरीहरु छन् । धरानको टिम बनाउन २ देखी ३ समुह विच प्रतिस्पर्धा गराइनुपर्ने प्रशिक्षक भगवती राना मगरले बताइन् ।

छलफलमा क्लबकी क्याप्टेन सुस्मिता राईले फुटबल खेल्न घरपरिवारले प्रोत्साहित गरेको उल्लेख गर्दै राष्ट्रिय प्रतियोगीतामा सहभागीता जनाउन पाउनु सुनौलो अवसर भएको बताइन् ।

- १२ भाद्र २०७८, शनिबार २०:५९ मा प्रकाशित



Kumari Advertisement
top ad