BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

पहिरोमा पुरिएर एक बालिकाको मृत्यु, तीन जना घाइते

रासस
[sharethis-inline-buttons]

काठमाडौं । अर्घाखाँचीको पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरोमा पुरिएर एक बालिकाको मृत्यु भएको छ। अरू तीन जना घाइते भएका छन्।

मृत्यु हुनेमा जिवलाल सुनारकी नौ वर्षीया छोरी झरना सुनार रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ। प्रहरी नायब उपरीक्षक अम्बरबहादुर थापाका अनुसार घरमाथिबाट आएको पहिरोले सुनारको एकतले कच्ची घर पुरिँदा बालिकाको घटनास्थलमा नै मृत्यु भएको हो।

मंगलबार बेलुकी आएको पहिरोमा परेर अन्य तीन जना घाइते भएका छन्। घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको र उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

- १६ भाद्र २०७८, बुधबार ०८:२५ मा प्रकाशित



Kumari Advertisement
top ad