BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

नेपाल-भारत मैत्रीपूर्ण फुटवलः खोप लगाएका\पिसिआर रिपोर्ट भएका दर्शकलाई रंगशालामा प्रवेश

एक्सन खबर
नेपाल-भारत मैत्रीपूर्ण फुटवलः खोप लगाएका\पिसिआर रिपोर्ट भएका दर्शकलाई रंगशालामा प्रवेश
[sharethis-inline-buttons]

काठमाडौं । नेपाल र भारतबीच अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल आज दशरथ रंगशालामा हुँदैछ। ६ वर्षपछि नेपाल भारतसँग आफ्नै भूमिमा भिड्न लागेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५ः३० बजे सुरु हुने खेलका लागि ५१ सय दर्शक मैदान प्रवेशका लागि अनुमति छ। कोरोनाको दुवै डोज खोप लगाएका, पिसिआर रिपोर्ट भएकाले खेल हेर्न सक्नेछन् ।

दर्शक मैदानमा प्रवेशका लागि रंगशालाका पाँचवटै प्रवेशद्वार खुला गरिनेछ । नेपाल सरकार र विश्व फुटबल महासङ्घ (फिफा)ले तोकेको सबै मापदण्ड पूरा गरेर मात्र दर्शकलाई मैदानमा प्रवेश गर्न दिइनेछ।

एन्फाले दर्शकका लागि प्रभुपेबाट टिकट किन्न सकिने व्यवस्था गरेको छ। टिकटको मूल्य साधारण प्यारापिटको एक हजार र भिआइपीतर्फ दुई हजार रुपैयाँ निर्धारण गरिएको छ । यसका अलावा मैत्रीपूर्ण फुटवल खेलको हिमालय टेलिभिजन तथा ओएसआर स्पोर्ट्सको युट्युवबाट प्रत्यक्ष प्रसारण हुनेछ।

नेपालसित मैत्रीपूर्ण खेल खेल्न मुख्य प्रशिक्षक इगोर स्टिमाकसहितको २५ सदस्यीय भारतीय टोलीले सोमबार नेपाल आइपुगेको थियो । भारतले नेपालसित दुई मैत्रीपूर्ण खेल्नेछ ।

भारतीय भूमीमा नेपाल र भारतबीच सन् २०१७ मा मुम्बईमा प्रतिष्पर्धा हुँदा नेपाल दुई शून्य गोलले पराजित भएको थियो । भारतसँग नेपालको हालसम्म १९ वटा खेलमा प्रतिस्पर्धा भएकामा भारतले १३ खेलमा जीत हासिल गर्दा नेपाल दुई खेलमा मात्र विजयी भएको छ।

दुवै देशले चार खेलमा बराबरी खेलेका छन्। भारतले नेपालको पोष्टमा ३३ गोल गर्दानेपालले भारतको पोष्टमा नौ गोल मात्र गरेको छ। फिफाको बरियातामा भारत १०५ औँ तथा नेपाल १६८औँ स्थानमा छन् ।

भारतसितको मैत्रीपूर्ण खेलपछि नेपाली टोली दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ)को तयारी गर्न कतारको दोहा जाने सेड्युल रहेको छ । नेपाली टोली भदौ २५ गते दोहा प्रस्थान गर्ने छ।

नेपाली टोलीलाई मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले प्रशिक्षण दिइरहेका छन्। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुँदैछ।

यस्तो छ नेपाली टिम

गोलकिपरः किरणकुमार लिम्बू, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेन्डरः सुमन अर्याल, दिनेश राजंवशी, गौतम श्रेष्ठ, अनन्त तामाङ, रोहित चन्द

मिडफिल्डरः सुरज जिउ ठकुरी, सुमन लामा, कमल थापामगर, नितिन थापा, तेज तामाङ, राजन गुरुङ, पुजन उपरकोटी, विशाल राई, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, आयुष घलान

फरवार्डः मनिष डाँगी, अञ्जन विष्ट, नवयुग श्रेष्ठ, आशीष लामा

भारतीय टिम

गोलकिपरः अम्रिन्दर सिंह, धीरज सिंह, गुरप्रीत सिंह सान्धु

डिफेन्डरः प्रितम कोतल, चिंलेसना सिंह, मन्दर राओ देसाई, आकाश मिश्रा, राहुल भेके, शुभासिश बोसे, सेरिटन फर्नान्डेस

मिडफिल्डरः ललेङमाविआ, विपिन सिंह, अनिरुद्र थापा, सहल अब्दुल सामद, ब्रान्डन फर्नान्डेज, लिस्टन कोलाको, यासिर मोहमद, ग्लान मार्टिन्स, सुरेश सिंह, जेकसन सिंह, प्रोनय हल्दर

फरवार्डः मनवीर सिंह, रहिम अली, सुनील क्षेत्री, फारूख चौधरी

- १७ भाद्र २०७८, बिहीबार ०९:३५ मा प्रकाशित



Kumari Advertisement
top ad