BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

नेपाल–भारत दाेश्राे मैत्रीपूर्ण खेलमा भारत विजयी

एक्सन खबर
नेपाल–भारत दाेश्राे मैत्रीपूर्ण खेलमा भारत विजयी
[sharethis-inline-buttons]

काठमाडौं । नेपाल भारत मैत्रीपूर्ण खेलमा भारत विजयी भएको छ । आइतबार दशरथ रंगशालामा दोश्रो खेलमा भारत २–१ ले विजयी भएको हो ।

यसअघि बिहिबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ को बराबरी भएको थियो ।

अत्यन्त प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टीमबाट कुनै गोल हुन सकेन । खेलको दोश्रो हाफको ६२ औं मिनेटमा पहिलो गोल फारुख हाजी कासम चौधरीले गोल गरे । भने, भारतकै कप्तान सुनिल क्षेत्रीले ८० औं मिनेटमा आकर्षक गोल गरे ।

२ गोलले पछि परेकोको अवस्थामा नेपालका लागि ८७ औं मिनेटमा तेज तामाङले आकर्षक गोल गरे । उनले राष्ट्रिय टोलीका लागि पहिलो गोल गरेका हुन् ।

आजको खेलबाट विशाल श्रेष्ठले राष्ट्रिय टोलीको गोलरक्षकमा डेब्यू गरेका छन् । आजकै खेलबाट राष्ट्रिय टोलीबाट ७४ खेल खेल्दै कप्तान किरण लिम्बुले सर्वाधिक खेल खेल्ने किर्तिमान कायम गरेका छन् ।

भारतसँगको मैत्रीपूर्ण खेल साफ च्याम्पियन्सिप तयारीका लागि खेलिएको हो ।

- २० भाद्र २०७८, आईतवार १९:४२ मा प्रकाशित

Kumari Advertisement
top ad