BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

उपेन्द्र यादवको धम्कि दिएर रजिष्ट्रारले मधेस प्रतिष्ठान डुबाए

एक्सन खबर
उपेन्द्र यादवको धम्कि दिएर रजिष्ट्रारले मधेस प्रतिष्ठान डुबाए
[sharethis-inline-buttons]

जनकपुरधाम । प्रदेश २ सरकारले स्थापना गरेको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुको नियुक्ति खारेज भएको छ । उच्च अदालत जनकपुरले प्रतिष्ठानका उपकुलपति डा.रामकेबल साह, शिक्षाध्यक्ष डा.अंकुर साह र रजिष्ट्रार डा.विनोदकुमार यादवको नियुक्ति खारेज गरिदिएको छ ।

मधेस प्रतिष्ठानका पदाधिकारीलाई गत माघमा मुख्यमन्त्री लालबाबु राउतले नियुक्त गरेका थिए । प्रतिष्ठानमा तीन पदाधिकारीको नियुक्ति नियमसंगत नभएको भन्दै देवानन्द झाले मुख्यमन्त्री लालबाबु राउतलाई विपक्षी बनाई उच्च अदालत जनकपुरमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश धीरबहादुर चन्दको एकल इजलासले प्रदेश सरकारले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरेका नियुक्तिहरु कानूनसम्मत नरहेको ठहर गरेको छ ।

उच्च अदालतले तत्काल उक्त जिम्मेवारीमा काम नलगाउन र तलब तथा सुविधा रोक्ने अन्तरिम आदेश दिएको छ । २ नम्बर प्रदेशको स्वास्थ्य क्षेत्रमा सुधार ल्याउने उद्देश्यले मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना गरिएको भनिएपनि राजनीतिक नियुक्ति लिएर आएका पदाधिकारीविच चर्को द्वन्द्व थियो ।

प्रतिष्ठान स्थापनाको गुरुयोजना नबन्दै पदाधिकारीहरु ऐन र नियमावली बनाउँदा नै अधिकार व्यवस्थापनमा किचलो थियो । रजिष्ट्रार डा. यादवले प्रतिष्ठानका सम्पूर्ण आन्तरिक कुराहरु उपेन्द्र यादवलाई रिपोर्टिङ गर्दथे । उनलाई प्रतिष्ठानको विनियम बनाउन अवरोध गरेको आरोप छ । साथै प्रतिष्ठानमा हुने खरिदमा मोटो कमिसन माग्ने गरेको चर्चा व्याप्त छ ।

उपेन्द्र यादव स्वास्थ्यमन्त्री हुँदा डा. यादवले नेपाल स्वास्थ्य व्यवसायी परिषदमा रजिष्ट्रार हुन बुझाएको ४० लाख फिर्ता नगरेपछि मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार भएको भनि दावी गर्ने गरेको उनी निकट कर्मचारीमा चर्चा छ ।

डा. यादवले उपेन्द्र यादवको पार्टीलाई करोड उठाएर दिनुपर्ने दावी गर्दै उपकुलपतिलाई धम्कि दिने गरेको प्रतिष्ठानका उपल्ला कर्मचारीहरुको भनाई छ । रजिष्ट्रार नियुक्ति हुने वित्तिकै प्रतिष्ठानमा उठन्ती धन्धामा सक्रिय डा. यादव उच्च अदालतको फैसला पछि विचलित भएका छन् ।

- २२ भाद्र २०७८, मंगलवार १४:५३ मा प्रकाशित



Kumari Advertisement
top ad