BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

हराउँदै थारु समुदायको संस्कृति

सञ्जय चाैधरी
हराउँदै थारु समुदायको संस्कृति
[sharethis-inline-buttons]

चितवन । चितवनमा पछिल्लो समयमा थारु समुदायको संस्कृति बिस्तारै हराउँदै गईरहेका छन् । थारु जातिको बाहुल्यता रहेको चितवनका रत्ननगर, खैरहनी, कालिका, राप्ती, माडी नगरपालिका र भरतपुर महानगरपालिकामा बसोबास गर्ने आदिबासी जनजाती थारु समुदायको आफ्नो छुट्टै कला र सांस्कृतिक पहिचान छ ।

तर पछिल्लो समय नयाँ पुस्ताको आधुनिकिकरणसँगै सामिप्य बढ्दै गएदेखि आफ्नो संस्कृतीको पहिचान दिलाउने थारु नृत्यहरु लोप हुदै गईरहेको छ । थारु समुदायले आफुले मनाउने हरेक चार्ड पर्व, मेला महोत्सवमा विभिन्न किसिमका संस्कृति झल्किने गीतहरु गाउने गर्दछन् ।

थारु समुदायहरु आ-आफ्नो भेषभुषामा सजिएर आफ्नो पहिचान झल्कने नाच गान गरेर चाड पर्व मनाउने गर्दछन् । थारु समुदायले वर्ष भरी राखेको देउतालाई (ब्रम्ह्स्थान) मा गई पुजापाठ गर्ने र नयाँ राख्नको लागि गाउँबाटै नाचगान सहित निस्कने गरिन्छ । नाचगान गर्दै नजिकै रहेको खोला वा नदिमा पुगी नुहाएर आफ्नो पुरानो देउतालाई सफा सुग्घर गरि नयाँ देउतालाई भित्राउने चलन थारु समुदायमा छ ।

त्यसरी नयाँ देवता भित्राउँदा घरबाट महिलाहरुले लगेको मिठोमिठो खानेकुरा सहभागी भएका हरुलाई बाडेर खान दिने गरिन्छ । खोला नजिकै नाचगान गरेर खानपीन गर्ने थारु समुदाय एक आपसमा सुख दुःखका कुरा गर्ने र सोहि स्थानमा नाच्ने गर्दछन् । केही समय त्यही ठाउँमा नाचगान गरेर पुन गाउँमा फर्केर घरघरमा नाचगान गर्ने चलन रहेको छ । यस्तो प्रकारको नाच थारु समुदायमा झुमरी, ठकरा, ढोलकहरी, डम्फु लगाएतका नाच समय अनुसार नाच्ने र गाउँने गर्दछन् ।

थारूहरूको स्थान विशेष अलग नाम, थर, भाषा र सभ्यता छ । थारू नामका आधारमा एउटै जाति भए पनि भाषिक र सांस्कृतिक दृष्टिकोणले एकापसमा भिन्नता रहेको पाइन्छ । थारू सांस्कृतिक सम्पदाले सम्पन्न जाति हो। थारुहरूको आफ्नै भेषभूषा, गरगहना, परम्परागत शैली छ ।

थारूहरूले विभिन्न भौगोलिक क्षेत्रअनुसार फरक–फरक किसिमको आ–आफ्नै प्रकारको भाषा, रहनसहन, संस्कार, मूल्यमान्यता, सांस्कृतिक रीतिरिवाज आदि अँगालेको पाइन्छ । तर पछिल्लो समय नयाँ पुस्ताले विर्सन थालेपछि थारु संस्कृति र पहिचान क्रमश हराउँदै जान थालेको छ । थारु समुदायको संस्कृति लोप हुन थालेकोभन्दै थारु अगुवाहरु चिन्तित छन् ।

- २५ भाद्र २०७८, शुक्रबार १५:०८ मा प्रकाशित



Kumari Advertisement
top ad