BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

नयाँ बजेट: १६ खर्ब ३२ अर्ब ८३ करोडकाे

एक्सन खबर
नयाँ बजेट: १६ खर्ब ३२ अर्ब ८३ करोडकाे
[sharethis-inline-buttons]

काठमाडौं । केपी शर्मा ओली सरकारले ल्याएकाे बजेट विस्थापित गर्दै बर्तमान गठबन्धन देउवा सरकारले प्रतिस्थापन विधेयक मार्फत नयाँ बजेट ल्याएकाे छ ।

नेकपा एमालेका सांसदको नारावाजी र अवरोधका बीच अर्थमन्त्री जनार्दन शर्माले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ बजेट प्रस्तुत गरिएको छ ।

अध्यादेशमार्फत प्रस्तुत भएको बजेटको तुलनामा १६ अर्ब ७४ करोड रूपैयाँले बजेटको आकार घटाइएको छ । यसअघि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट प्रस्तुत गरिएको छ ।

कुल विनियोजनमध्ये संघको चालु खर्च ६ खर्ब ७७ अर्ब १९ करोड अर्थात ४१.४२ प्रतिशत , पुँजीगत तर्फ ३ खर्ब ७८ अर्ब १० करोड रूपैयाँ अर्थात २३.१६ प्रतिशत अर्थात र वित्तीय व्यवस्थातर्फ १ खर्ब ८९ अर्ब ४४ करोड अर्थात ११.६ प्रतिशत र प्रदेश र स्थानीय तहतर्फ वित्तीय हस्तान्तरण मार्फत ३ खर्ब ८७ अर्ब ३० करोड अर्थात २३.७२ प्रतिशत बजेट छुट्याइएको छ ।

- २५ भाद्र २०७८, शुक्रबार १६:३२ मा प्रकाशित



Kumari Advertisement
top ad