BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

जाजरकोटमा दुई बालबालिकामा दादुरा संक्रमण

हेमन्त केसी
जाजरकोटमा दुई बालबालिकामा दादुरा संक्रमण
[sharethis-inline-buttons]

जाजरकोट ।  जाजरकोटमा दादुराका बिरामी फेला परेका छन् । भेरी नगरपालिका-१ का दुई बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको भेरी नगरपालिका स्वास्थ्य शाखाका दीपक ओलीले जानकारी दिए ।

बालबालिकामा दादुरासँग मिल्दोजुल्दो लक्षण पाइएपछि ८ साउनमा १८ बालबालिकाको नमूना परीक्षण गरिएको थियो ।खाेप रोकिएका कारण आगामी दिनमा बालबालिकामा दादुरा, क्षयरोग र पोलियोजस्ता रोगको संक्रमण देखिनसक्ने चेतावनी चिकित्सकले दिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा कार्यालय जाजरकोट र भेरी नगरपालिका स्वास्थ्य शाखाले अनुगमन पनि गरेको छ ।

गत वर्ष ललितपुर, सर्लाही, झापा र धादिङमा १ सय २५ जनामा दादुराको संक्रमण पाइएको थियो । त्यसअघि सन् २०१९ मा देशभर दादुराका बिरामीको संख्या ४ सय ३० रहेको थियो । नेपालले तीन वर्ष अघि अर्थात् सन् २०१९ भित्रै दादुरा उन्मूलन गर्ने लक्ष्य लिए पनि सफल भएकाे छैन ।

दादुरा प्यारामिक्सो भाइरस परिवारको एउटा भाइरसले गर्दा हुन्छ । दादुरा रोगीसँगको प्रत्यक्ष सम्पर्क वा हावाका माध्यमले यो फैलन्छ । यी भाइरसहरु दादुरा संक्रमित रोगीले खोक्दा वा हाच्छिउँ गर्दा अर्को व्यक्तिमा सर्दछन् । श्वासप्रश्वासका माध्यमबाट निस्किने पानीका ससाना कणले यो रोग अरु स्वस्थ व्यक्तिमा फैलाउने गर्छन् ।

दादुराको प्रारम्भिक लक्षण भनेको ज्वरो हो भने एसको तिब्रता बढ्दै जाँदा जिउ भरि मसिना बिबिरा देखिने र चिलाउने हुन थाल्छ । ०० डिग्री फरेन्हाइट भन्दा धेरै तिब्र ज्वरो आउनु, रुघाखोकी लाग्नु, नाकबाट पानी बग्नु, आँखा रातो हुनु, मुख भित्र ससाना सेता दाग देखिनु, घाँटी भित्र घाऊ हुनु, उज्यालो हेर्न गाह्रो हुनु, केही दिन मै अनुहार र घाँटीको माथिल्लो भागमा बिबिरा देखिनु दादुराका लक्षण हुन् ।

दादुराले सताउँदै गए पछि फोक्सो, कानको बीच भाग तथा मस्तिष्कमा समेत समस्या देखा पर्न सक्छ । दादुरा सँगै कानको संक्रमण तथा कान नसुन्ने समस्या, ब्रोन्काइटिस, असमय मै प्रसूति या गर्भपतनको समस्या, रगतमा प्लेटलेटको संख्यामा ह्रास, पखाला र अन्धता जस्ता समस्या देखिन सक्छ ।

दादुराको भाइरस मार्ने खालको कुनै ओखती छैन । बिरामीलाई राम्रो खानपानमा राख्नु र देखिएका लक्षणहरुको उपचारमा लाग्नु नै यसको उपचारका विकल्पहरु हुन् । यो भाइरसबाट हुने रोग भएकाले एसबाट बच्ने सबैभन्दा राम्रो उपाय नै खोप हो ।

नेपालमा यो खोप निःशुल्क लगाइन्छ । दादुराको पहिलो मिजल्स रुबेला (एमआर) खोप ९ महिनामा र तेसपछि मिजल्स रुबेला वा मिजल्स रुबेला मम्प्स (एमआर/एमएमआर) खोप १५ देखि १८ महिनामा लगाउँदा जीवन भरि दादुरा लाग्नुबाट जोगिइन्छ ।

- २६ भाद्र २०७८, शनिबार ०८:३० मा प्रकाशित



Kumari Advertisement
top ad