BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

काेराेना अपडेटः २४ घण्टामा ९९४ संक्रमित थपिए, १२ जनाको निधन

एक्सन खबर
काेराेना अपडेटः २४ घण्टामा ९९४ संक्रमित थपिए, १२ जनाको निधन
[sharethis-inline-buttons]

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ८४० जनामा परीक्षण गर्दा ९९४ जनामा संक्रमण देखिएको हो ।

आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमित २७ हजार ३५५ जना रहेका छन् । पाँच सयभन्दा बढी संक्रमित भएका जिल्ला १३ रहेका छन् । नेपालमा संक्रमणको दर १९.३ प्रतिशत रहेको छ ।

यस्तै आज संक्रमणबाट एक हजार ३६८ जना संक्रमण मुक्त भएका छन् । हालसम्म कूल सात लाख ३८ हजार ३४ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमित निको हुन थालेपछि नेपालमा संक्रमणमुक्त हुने दर ९५.१ प्रतिशत रहेको छ ।

यस्तै संक्रमणबाट विगत २४ घण्टामा १२ को ज्यान गएको छ । हालसम्म नेपालमा कूल १० हजार ९३६ जनाले संक्रमणबाट ज्यान गुमाएका छन् ।

यस्तै देशभर ४५६ जना सघन उपचार कक्ष (आइसियु), १२२ भेन्टिलेटर, २५ हजार ७०८ होम आइसोलेसन, एक हजार ६४७ संस्थागत आइसोलेसन र ३१७ कोरोना संक्रमित क्वारेन्टिनमा रहेका छन् ।

- २६ भाद्र २०७८, शनिबार १९:२९ मा प्रकाशित



Kumari Advertisement
top ad