BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

हुण्डी कारोबारीकाे हेल्मेटभित्र पाँच लाख रुपैयाँ

एक्सन खबर
हुण्डी कारोबारीकाे हेल्मेटभित्र पाँच लाख रुपैयाँ
[sharethis-inline-buttons]

काठमाडौं । पर्सा प्रहरीले हुण्डी कारोबारमा संलग्न एक जनालाई पाँच लाख रुपैयाँसहित पक्राउ गरेको छ । प्रहरी चौकी इनर्वा पर्साले वीरगञ्ज महानगरपालिका-१६ शंकराचार्य गेटमा ४३ वर्षीय महमद आसिफ अन्सारीलाई पक्राउ गरेकाे हाे ।

टोलीले भारतबाट वीरगञ्जतर्फ आउँदै गरेको ना.२५ प ८७६२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनलाई पक्राउ गरेकाे हाे ।

वीरगञ्जका अन्सारीले हेल्मेटभित्र पाँच लाख रुपैयाँ लुकाएकाे पाइएकाे प्रहरीकाे दाबी छ । उनीविरुद्ध बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

- २८ भाद्र २०७८, सोमबार ०८:३० मा प्रकाशित



Kumari Advertisement
top ad