BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

लागूऔषध सहित चार जना पक्राउ

एक्सन खबर
लागूऔषध सहित चार जना पक्राउ
[sharethis-inline-buttons]

सुनसरी । नेपाल प्रहरीले प्रतिवन्धित लागूऔषध सहित चार जनालाई पक्राउ गरेकाे छ । प्रहरीले सुनसरी र झापामा गरी चार जनालाई पक्राउ गरेकाे हाे ।

प्रहरीले सुनसरीको कोशी गाऊपालिका ८ कोशीकटानबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालनी ७ का २१ बर्षीय सुरज ठाकुर, भारत जिल्ला सुपौल भगवानपुर पंञ्चायत सम्दाहा गडी १२ का २२ बर्षीय अवधेष कुमार मण्डल र २५ बर्षीय रोशन मण्डल रहेका छन् ।

हिजाे जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले उनिहरुलाई लागूऔषध डाईलेक्स डी.सी. ६० बोतल, स्पास्मोप्रोक्सीभन १००८ क्याप्सुल र भारतिय नगद रु. २० हजार सहित पक्राउ गरेकाे छ ।

यसैगरी झापा भद्रपुर नगरपालिका ८ स्थितबाट प्रहरीले लागूऔषध ब्राउन सुगर सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही स्थानका २२ बर्षीय सुमन तामाङ रहेका छन् ।

हिजो अपरान्ह बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई ब्राउन सुगर १५ ग्राम ७०० मिलिग्राम सहित पक्राउ गरेको हो ।

पक्राउ परेका चारै जना उपर लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिमको कारवाही अगाडी बढाईएको प्रहरीले नाएको छ ।

 

- २८ भाद्र २०७८, सोमबार १९:५७ मा प्रकाशित



Kumari Advertisement
top ad