BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

गाईघाटमा एमसीसीविरुद्ध नेकपाको विरोध प्रदर्शन

एक्सन खबर
गाईघाटमा एमसीसीविरुद्ध नेकपाको विरोध प्रदर्शन
[sharethis-inline-buttons]

उदयपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी उदयपुरले अमेरिकी सहयोग नियोग मिल्लेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को विरोधमा सोमबार गाईघाट बजारमा बृहद प्रदर्शन गरेको छ ।

एमसीसी सम्झौताले राष्ट्रियतामाथि आँच आउने हुनाले तत्कालन खारेज गर्नुपर्ने माग राख्दै सो सम्झौताप्रति असहमति जनाउँदै नेकपाले विरोध प्रदर्शन गरेको हो । नेकपाले गाईघाट बजारमा नारा-जुलुससहित प्रदर्शन गरी पीपलचोकमा सभा गरेको थियो ।

नेकपाका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज विवेक कुमालले जनताको इच्छाविपरीत एमसीसी सरकारले जबर्जस्ती सांसदबाट पास गरे आन्दोलनले थप कडा रूप लिन सक्ने चेतावनी दिए ।

एमसीसी नेपालको राष्ट्रियता, स्वतन्त्रता, सार्वभौमिकता र नेपाली नागरिकको अधिकारको विरुद्धमा रहेको उल्लेख गर्दै त्यसलाई स्वीकार गर्ने पक्षमा कुनै पनि नेपाली नरहेको दाबीसमेत गरे ।

- २८ भाद्र २०७८, सोमबार २०:०८ मा प्रकाशित



Kumari Advertisement
top ad