BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

सालनाल अड्किएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार

एक्सन खबर
सालनाल अड्किएपछि हेलिकप्टरमार्फत सुत्केरीको उद्धार
[sharethis-inline-buttons]

बैतडी । बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर-७ ढाँडकी एक सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । स्थानीय २० वर्षीया मञ्जु कार्कीको सोमबार दिउँसो हेलिकप्टरबाट उद्धार गरिएको हो ।

जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले कार्कीलाई उद्धार गरेर धनगढीस्थित सेती प्रादेशिक अस्पताल लगिएको बताए । कार्कीले डिलाशैनी गाउँपालिका वडा नम्बर-४ स्थित हाडाकोट स्वास्थ्यचौकीमा बच्चा जन्माए पनि सालनाल अड्किएपछि उद्धार गरेर धनगढी लगिएको हो ।

जिल्ला अस्पताल बैतडीको समन्वय तथा प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको पहलमा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा सुत्केरी महिलाको उद्धार गरिएको हो ।

राष्ट्रपति महिला उत्थानअन्तरगतको हवाइ उद्धार कार्यक्रमअन्तर्गत कार्कीको उद्धार गरिएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. बसन्तराज जोसीले बताए ।

- २८ भाद्र २०७८, सोमबार २०:१५ मा प्रकाशित



Kumari Advertisement
top ad