BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

रुखमा बसेर अनलाइन पढ्ने धनकुमारका सात तस्बीर (फाेटाे फिचर)

एक्सन खबर
रुखमा बसेर अनलाइन पढ्ने धनकुमारका सात तस्बीर (फाेटाे फिचर)
[sharethis-inline-buttons]

खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले नवलपुर सिम्लेका छात्र धनकुमार मगर अनलाइन कक्षाबाट पढ्न रुखमा टाँड (डेरा) बनाएका छन् । याे समाचार भाद्र २६ गते शनिबार प्रकाशित भयाे ।

सरस्वती मावि अर्खौलेमा कक्षा १० मा अध्ययरत छात्र मगरले रुखमा (डेरा) बनाएर महिना दिनदेखि अनलाइन कक्षामा सहभागीता जनाइरहेकाे समाचार प्रकाशित भएसँगै उनकाे विषयमा पाठकहरूले थप जिज्ञासा राखेका छन् ।

अर्खौले नवरपुरको पुछारमा रहेको सिम्लेमा डाटा कनेक्सन हुने ठाउँ खोजेर रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने धनकुमार अनलाइन कक्षा सञ्चालन भइरहेका बेला रुखमा रहेकाे डेरामा बस्छन् । इन्टरनेटकाे सहज पहुँच नहुँदा धनबहादुर जस्ता धेरै विद्यार्थीकाे पढाइ असहज भएकाे छ ।

हेर्नुहाेस उनी रूखमा बसेर कसरी अनलाइन मार्फत अध्ययन गर्छन् ?

तस्बीरः न्यूज कारखाना

- २८ भाद्र २०७८, सोमबार २०:४४ मा प्रकाशित



Kumari Advertisement
top ad