BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु

एक्सन खबर
अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु
[sharethis-inline-buttons]

सोलुखुम्बू । अत्यधिक रक्तश्रावका कारण खुम्बू पासाङ ह्लामु गाउँपालिकामा एक सुत्केरीको ज्यान गएको छ । खोटाङको ऐँसेलुखर्क गाउँपालिका- २ की २५ वर्षीया चन्द्रकला राईको सोमबार बिहान मृत्यु भएको हो ।

आइतबार साँझ ५:४२ बजेको समयमा लुक्लास्थित पासाङ ह्लामु निकोलनिकी अस्पताल लुक्लामा सुत्केरी भएकी उनको मृत्यु भएको अस्पतालका डा. अनेस केसीले बताए ।

सालनाल अड्किएपछि अत्यधिक रक्तश्राव भएको र रातको समयमा रेफर गर्न पनि समस्या भएकाले उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ । चेकअपका लागि आइतबार बिहान ११ बजे ती महिला अस्पताल पुगेकी थिइन् ।

बच्चा जन्मिने बेलासम्म स्वास्थ्य राम्रो भए पनि सुत्केरीपछि उच्चरक्तश्राव भएको थियो । अहिले बच्चाको अवस्था सामान्य रहेको बताइएको छ ।

- २८ भाद्र २०७८, सोमबार २०:५८ मा प्रकाशित



Kumari Advertisement
top ad