BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र ओमान भिड्दै

एक्सन खबर
आइसीसी विश्वकप क्रिकेट लिग-२ : आज नेपाल र ओमान भिड्दै
[sharethis-inline-buttons]

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय क्रिकेट शृंखलामा नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ ।

ओमानको मस्कटस्थित अल अमेरात क्रिकेट मैदानमा नेपाल र ओमानबीचको खेल आज मंगलबार अपराह्न सवा ४ बजे हुनेछ ।

लिग–२ श्रंखलामा नेपालले आफ्नो दोस्रो खेल खेल्न लागेको हो । सोमबारको खेलमा नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । नेपालका युवा व्याट्सम्यान कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरेसँगै नेपालले अमेरिकालाई पराजित गरेको हो ।

त्यसअघि नेपालले पपुवा न्युगिनी ९पीएनजी० विरुद्ध भएको दुई मैत्रीपूर्ण एकदिवसीय शृंखला आफ्नो पक्षमा २/० ले पारेको थियो ।

ओमान नेपालविरुद्ध सहज जितको खोजीमा छ । ओमान यसअघिका १० खेलमा १६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ ।

- २९ भाद्र २०७८, मंगलवार ०८:३४ मा प्रकाशित



Kumari Advertisement
top ad