BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गते बस्ने

एक्सन खबर
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक असोज ५ गते बस्ने
[sharethis-inline-buttons]

काठमाडौं । नेकपा (एकीकृत समाजवादी )को केन्द्रीय कमिटीको बैठक असोज ५ गते काठमाडौंमा बस्ने भएको छ ।

पार्टीलाई प्रभावशाली ढङ्गबाट देशभर सञ्चालन गर्न सङ्गठन विस्तार, समसामयिक राजनीतिक अवस्थामा पार्टीले निर्वाह गर्नुपर्ने भूमिका तथा राजनीतिक गतिविधि सञ्चालन गर्न आवश्यक रणनीति तयार पार्न बैठक बस्न लागेको हो ।

बैठक मंगलबारका लागि तय गरे पनि केही गृहकार्य अपुग भएकाले केही दिनपछि सारिएको पार्टीले जनाएको छ ।

नेकपा ( एमाले )बाट वैचारिक असहमति प्रकट गर्दै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालसहितका केही नेता अलग भएर हालै गठन भएको उक्त पार्टीको केन्द्रीय कमिटीको बैठक पहिलो पटक बस्न लागेको छ ।

- ३० भाद्र २०७८, बुधबार ०८:५४ मा प्रकाशित



Kumari Advertisement
top ad