BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

नेपालमा रोकिएका हङकङ आइडी होल्डर फर्कन पाउने

एक्सन खबर
नेपालमा रोकिएका हङकङ आइडी होल्डर फर्कन पाउने
[sharethis-inline-buttons]

काठमाडौं । कोभिडको कारण नेपालमा रोकिएका हङकङका नागरीकता भएका नेपालीहरु अब भने नेपाल फर्कन पाउने भएका छन् ।

कोरोना महामारी शुरु भएपछि हङकङ सरकारले उच्च जोखिमयुक्त मुलुकको सुचीमा राखेको नेपालसँग गत वर्षको मे महिनादेखि हवाई यातायात बन्द गरेपछि सयौं नेपालीहरु हङकङ जान पाएका थिएनन् ।

सयौं नेपालीहरु काममा जान नपाएपछि हङकङ नेपाली महासंघले हङकङ सरकारसँग हवाई यातायात खोली दिन अनुरोध गर्दै पत्राचार गरेको थियो । तर, झण्डै दुई महिना पछि हङकङ सरकारको फुड एण्ड हेल्थ ब्युरो इस्ट वीड सेन्टल गभर्नमेन्ट अफिसले नेपालमा अडिएका नेपालीहरुलाई हङकङ फर्कन दिने भएको गत शुक्रबार महासंघका पदाधिकारीहरु समक्ष जानकारी गराएको अध्यक्ष टंक रानाले बताए ।

रानाका अनुसार कोरोना महामारी शुरु भए पछि पनि हङकङमा भ्याक्सीन लगाउन नपाई पारिवारिक व्यवसायीक कारणले अडकिएका झण्डै एक हजार बढि हङकङ आइडी होल्डर नेपालीहरुलाई फर्काउन पटक–पटक हङकङ सरकारलाई झक्झक्याएको परीणाम स्वरुप उनीहरुले भ्याक्सिन लगाएका नेपालीहरुलाई आउन दिने भएका हुन् । हङकङ सरकारले शुक्रबार नै महासंघका प्रतिनिधिलाई बोलाएर समस्या सुनेपछि सेप्टेम्बर १५ देखि नेपालमा रहेका हङकङ आइडी होल्डर नेपाली हङकङ फर्किन पाउने भएका हुन ।

हङकङ सरकारले फर्कन चाहने नेपालीहरुले पिसिआर जाँच गराई नेगेटिभ आउनु पर्ने र हङकङ फर्किएपछि २१ दिन होटलमा क्वारेन्टीनमा बस्नुपर्ने अनिवार्य शर्त राखेको छ ।

हङकङमा समुदायस्तरमा कोरोना शुन्य रहेको छ । तर, बाहिरबाट आएका मानिसहरुमा फाटफुट पोजेटिभ देखा परेकोले कोरोना पिसिआर जाँच र २१ दिन क्वारेन्टिनमा बस्न अनिवार्य बनाईएको महासंघकी पूर्वअध्यक्ष रीता गुरुङले बताइन् ।

हङकङ सरकारले स्थानीइ बसोबास गर्नेहरुलाई मात्र आउने दिने भएपछि आफुहरुले आईडी होल्डर आश्रित, भ्याक्सिन नलगाएका, जटिल रोग भएका र नेपालमा भ्याक्सिन नलगाएका १८ वर्ष मुनीका वालवालिकाहरुलाई पनि आउन दिनुपर्ने माग गरेको गुरुङले बताईन । जवाफमा हङकङका स्वास्थ्य तथा खाद्य व्युरो प्रमुख डा. टिवाईचुईले त्यसको पनि क्रमशः व्यवस्था गर्दै जाने जनाएको गुरुङले बताइन् ।

- ३० भाद्र २०७८, बुधबार ०९:२५ मा प्रकाशित



Kumari Advertisement
top ad