BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

ओलीले बुटवलमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने

एक्सन खबर
ओलीले बुटवलमा अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्ने
[sharethis-inline-buttons]

बुटवल । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल आउँदै छन् । रुपन्देहीका एमाले अगुवा कार्यकर्ता भेला सम्बोधन गर्न बुटवल आउन लागेका हुन् ।

केहि दिन यता देश दौडाहामा निस्केका ओलीले मंगलबार आफ्नो गृहजिल्ला झापामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गरेका थिए ।

बुटवल देवीनगर मैदानमा हुने भेलामा जिल्लाका १६ वटै स्थानीय तहका १५ हजारभन्दा बढी अगुवा कार्यकर्ता सहभागी हुने प्रचार विभाग प्रमुख मोहन चापागाईंले बताए ।

भेलालाई पार्टी अध्यक्ष ओलीसहित उपमहासचिवद्वय विष्णुप्रसाद पौडेल र घनश्याम भुसाल स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझी, केन्द्रीय सदस्य महेश बस्‍नेतलगायतले सम्बोधन गर्नेछन् ।

- ३० भाद्र २०७८, बुधबार १०:०६ मा प्रकाशित



Kumari Advertisement
top ad