BREAKING NEWS
११ आश्विन २०७८, सोमबार

व्यवस्था परिवर्तन गर्न फेरि हामी सडकमै जाने अवस्था आउनसक्छ : प्रचण्ड

एक्सन खबर
व्यवस्था परिवर्तन गर्न फेरि हामी सडकमै जाने अवस्था आउनसक्छ : प्रचण्ड
[sharethis-inline-buttons]

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधनका लागि फेरि सडकमै जानुपर्ने अवस्था आउनसक्ने बताएका छन्।

तत्कालीन पार्टीका उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्मृति दिवसका अवसरमा पेरिस डाँडामा आयोजित एउटा स्मृतिसभामा बोल्दै उनले भने ‘उत्पीडित र पछाडि पारिएका समुदायको हकअधिकारका लागि संविधान संशोधन गर्न जुरूरी नै छ।’

संविधानलाई स्विकार गरेको तर संविधान बन्ने बेलामा नै आफूहरूले त्यसमा ‘नोट अफ डिसेन्ट’ राखेको पनि उनले बताए।

‘फेरि पनि देशलाई, व्यवस्थालाई पुरानै ढर्राबाट चलाउन खोजिएको छ। हामीले संविधान संशोधनका लागि प्रस्ताव पनि दर्ता गरेका छौं’ उनले भने।

प्रचण्डले राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताबाहेक सबै संशोधन हुनसक्ने व्यवस्था संविधानमा भएको पनि बताए।

‘व्यवस्था पनि परिवर्तन गर्न संविधानले ढोका खुलै राखिदिएको छ। किनकि यो समाजवादउन्मुख संविधान हो’ उनले भने ‘संविधान संशोधन गर्नका लागि हामी सडकमै जानुपर्ने पनि हुनसक्छ। संविधानले संशोधन सबै ढोकाहरू खुला गरेको छ।’

 

- ३० भाद्र २०७८, बुधबार ११:२९ मा प्रकाशित



Kumari Advertisement
top ad