BREAKING NEWS
९ कार्तिक २०७८, मंगलवार

सुतिरहेको बेला सर्पले टोक्दा एकै परिवारका दुईको मृत्यु

सुधा देव
सुतिरहेको बेला सर्पले टोक्दा एकै परिवारका दुईको मृत्यु

PinShares10

सप्तरी । सप्तरीको खडक नगरपालिकामा सर्पले टोकेर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर २ सिस्वाबेल्हीका १४ बर्षीया सुनिता मण्डल र ९ बर्षीय कृष्ण मण्डलको मृत्यु भएको जिल्ला प्रहरीले कार्यालयले जनाएको छ । मृतक दिदीभाई हुन् ।

घरमा राति सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उनीहरुलाई सिराहाको लहानस्थित रामप्रसाद उमाप्रसाद स्मारक अस्पताल उपचारको लागि लगिएको थियो ।

सुनिताको उपचारका क्रममा उमाप्रसाद स्मारकमै र कृष्णलाई राजविराजको गजेन्द्रनारायण सिंह अस्पताल रिफर गरेपछि उपचारका क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी माधवप्रसाद काफ्लेले जानकारी दिए ।

- ६ आश्विन २०७८, बुधबार १५:२० मा प्रकाशित



Kumari Advertisement
top ad