BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

धरानमा विजयपुर क्षेत्र सरसफाई गर्दै मनाइयाे विश्व पर्यटन दिवस

एक्सन खबर
धरानमा विजयपुर क्षेत्र सरसफाई गर्दै मनाइयाे विश्व पर्यटन दिवस

PinShares38

आज ‘४२ औं विश्व पर्यटन दिवस’ विविध कार्यक्रम गरी मनाईंदैछ । यसवर्ष ‘पर्यटन सँगसँगै’ भन्ने मूल नाराका साथ देशैभर विभिन्न कार्यक्रम गरी पर्यटन दिवस मनाईंदैछ । धरानमा पनि पर्यटनसँग सम्बन्धित संघ संस्था तथा धरान उपमहानगरपालिकाले संयुक्त रूपमा धरानकाे पर्यटकीय क्षेत्र विजयपुरकाे सरसफाइ गर्दै विश्व पर्यटन दिवस मनाए ।

सो अवसरमा पर्यटनकर्मी तथा क्षेछ ट्राभलिङकी सञ्चालिका एलिना मगरले कोभिड १९ का कारण अर्थतन्त्रमा नराम्रोसँग धक्का परेको अवस्थामा पर्यटनको क्षेत्रबाट अर्थतन्त्रलाई उठाउन सकिने बताइन् ।

कोभिडका कारण देशको आम्दानीका स्रोतहरु घटेको अवस्थामा राज्यले मानिसको स्वास्थ्यलाई जोगाउन पहिलो प्राथमिकता दिएपनि पर्यटन क्षेत्रको विकासका लागि पनि विभिन्न कार्यक्रम ल्याउनुपर्ने बताउँदै मगरले राज्यको आम्दानीको स्रोतको विकास गर्नका लागि देशभरिका डाँडाँहरुलाई घुम्न जाने नजिकको गन्तव्यको रुपमा विकास गरिनुपर्ने जिकिर गरिन् ।

पर्यटन दिवसकाे अवसरमा सरसफाई कार्यक्रमको उद्घाटन गर्दै धरान उपमहानगरपालिकाका मेयर तिलक राईले धरानकाे विजयपुर सँगैका वरिपरिका पहाडहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सकेमा धरानको रात्रीकालिन जीवनको पनि सुरुवात हुने बताए । उनले अबको पर्यटन ग्रामीण पर्यटन माथि केन्द्रीत हुनुपर्ने पनि स्पष्ट पारे ।

ग्रामीण पर्यटनको विकासमा काम गर्न सके ग्रामीण क्षेत्रका मानिसहरुको आर्थिक जीवनमा समेत परिवर्तन ल्याउन सकिने विश्वास व्यक्त गरे । मेयर राईले धरानको विजयपुरलाई आफ्नै मौलिक पहिचानको रुपमा स्थापित गर्न वडाध्यक्ष कृष्ण भट्टराईलाई आग्रह पनि गरे ।

पर्यटनकर्मी बासुदेव बरालले पर्यटन नै देश बिकासको मेरुदण्ड बन्ने बताउँदै त्यसका लागि पर्यटनमैत्री बन्न सबैमा आग्रह गरे । सरसफाई कार्यक्रम विजयपुर चोक दन्तकाली मन्दिर लगायतका स्थानमा गरिएको थियो ।

कार्यक्रममा धरान नगरकी उपमेयर मञ्जु भण्डारी, स्थानीय जनता, विभिन्न संघसस्थाका प्रतिनिधि, नगर प्रहरी, नेपाल प्रहरी, बुद्धिजिवी, विद्यार्थी तथा सञ्चारकर्मीकाे सहभगिता रहेको थियो ।

- ११ आश्विन २०७८, सोमबार ०९:०७ मा प्रकाशित



Kumari Advertisement
top ad