BREAKING NEWS
९ कार्तिक २०७८, मंगलवार

बराहका परिकल्पनाकारको जन्म जयन्तीमा बृहद् रक्तदान हुने

एक्सन खबर
बराहका परिकल्पनाकारको जन्म जयन्तीमा बृहद् रक्तदान हुने

धरान । बराह ज्वेलरी बराह ग्रुप अफ कम्पनीका परिकल्पनाकार संस्थापक अध्यक्षको ६४ औं जन्म जयन्तीको अवसरमा बृहद् रक्तदान कार्यक्रम हुने भएको छ ।

असोज १३ गते बुधबारका दिन बराह ग्रुप अफ कम्पनीले संस्थापक अध्यक्ष स्वर्गीय इन्द्रकुमार लामिछानेको जन्म जयन्तीका दिन बृहद् रक्तदान गर्ने भएको हो । बराहले विज्ञप्ति जारी गर्दै यहि बुधबार ‘रक्तदान जिवनदान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै रक्तदान कार्यक्रम गरीने जनाएको छ ।

बराह ज्वेलरी मार्फत परम्परागत नेपाली सुनचाँदीका गरगहनालाई अन्तराष्ट्रिय स्तरमा पुर्याउन तथा स्वदेशमै रोजगारी सृजना गर्न स्वर्गीय लामिछानेको महत्वपूर्ण योगदान रहेको छ । २०५२ सालमा धरानमा ६० हजार लगानीबाट बराहको व्यवसायिक यात्रा शुरु गरेका इन्द्रकुमार लामिछानेले डेढ दशकमै बराहलाई अन्तराष्ट्रिय स्तरमा पुर्याएका थिए ।

शुरुवाती समयमा सुनचाँदीको परम्परागत गरगहना निर्माण तथा विक्रिवितरण गरेको बराहले केही वर्षपछि स्वदेश र विदेशमा आधुनिक गरगहना निर्माण, विक्रिवितरण थालेको थियो ।

बराहले आफ्नो व्यवसायलाई स्वदेशमा धरान हुँदै काठमाडौं, पोखरा, चितवन तथा विदेशमा हङकङ, यूके, युएईसम्म फैलाएको छ । अहिले बराह ग्रुप अन्तरगत करिब दुई दर्जन व्यवसायीक संस्थाहरु रहेका छन् ।

बराहले आफ्नो मुनाफाको निश्चित प्रतिशत सामाजिक क्षेत्रमा लगानी गर्ने गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुद सँगै विभिन्न गरिब असहायहरुको हेरचाहमा लागेका संघ संस्थाहरुलाई बराहले हरेक वर्ष सहयोग गर्ने गर्दछ ।

बराहले हरेक वर्ष आफ्नो वार्षिकोत्सव समारोहमा बृहद् रक्तदान गर्ने गरेको छ । यसअघि धरानलाई रक्तदाताहरुको शहर भनेर चिनाउने अभियान अन्तर्गत २०६७ सालमा ४९ पीण्ट, २०६८ सालमा ५९ पीण्ट, २०६९ सालमा २१५ पीण्ट, २०७० सालमा ३१९ पीण्ट, २०७१ सालमा ५४ पीण्ट रगत संकलन गरिएको थियो ।

२०७२ सालमा ७१४ पीण्ट, २०७३ सालमा ४६१ पीण्ट, २०७४ सालमा १,०५६ पीण्ट, २०७५ सालमा ७९७ पीण्ट रगत संकलन गरी धरानमा रगत अभावलाई न्यूनिकरण गर्न सहयोग पुर्याएको छ ।अबदेखि बराह गु्रप अफ कम्पनीमा रहेका २४ वटा ईकाईबाट हरेक महिना रक्तदान कार्यक्रमको आयोजना गरीने कम्पनीले जनाएको छ ।

- ११ आश्विन २०७८, सोमबार ११:५१ मा प्रकाशित



Kumari Advertisement
top ad