BREAKING NEWS
१० कार्तिक २०७८, बुधबार

४६ कराेड ठगी गरेकाे आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

एक्सन खबर
४६ कराेड ठगी गरेकाे आरोपमा सिभिल बैंकका अध्यक्ष तामाङ पक्राउ

काठमाडौं । पूर्व सांसद इच्छाराज तामाङ पक्राउ परेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले सिभिल बैंकका अध्यक्षसमेत रहेका तामाङलाई ठगी र रकम हिनामिनाको आरोपमा पक्राउ गरेको हो ।

बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको सिआइबीले जनाएको छ । सीआईबीका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै उनीविरुद्ध किटानी जाहेरी परेको छ ।

तामाङमाथि चिठ्ठा, घरकर्जालगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत फर्ममा लगानी गरेको आरोप छ ।

तामाङलाई नेकपा (एमाले) संविधानसभा सदस्य बनाएको थियो । संसदको अर्थसमिति सदस्य मनोनित भएका तामाङले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया), २०७२ मा आफ्नो स्वार्थअनुकूलका एक दर्जनबढी संशोधन हालेका थिए ।

इञ्जिनियरिङ पृष्ठभूमिका तामाङले घरजग्गा कारोबारदेखि पूँजीबजार, बैंक र सहकारीसम्मका क्षेत्रमा हात हालेका छन् । २०५७ सालमा सिभिल क्रेडिट एण्ड सहकारी संस्था खोलेका तामाङको आर्थिक क्षेत्रमा संलग्नता दोस्रो जनआन्दोलनपछि अस्वाभाविक ढंगले बढेको देखिन्छ ।

सिभिल ग्रुपभित्र सिभिल होम, सिभिल अपार्टमेन्ट, सिभिल क्यापिटल मार्केट, सिभिल बैंक, सिभिल इस्टेट, सिभिल इन्टरनेशनल कन्सल्ट्यान्ट, सिभिल ट्रेडिङ, सिभिल बिजनेश कम्प्लेक्स र सिभिल सेभिङ एण्ड क्रेडिट सहकारी लिमिटेड संस्थाहरू रहेका छन् । यी सबैकाे नेतृत्व तामाङले नै गर्दै आएका छन् ।

सिभिल ग्रुपका विभिन्न संस्था र कम्पनीमा बचत रकम जम्मा गरेका ३२ सय सर्वसाधारणको ७ अर्ब रुपैयाँभन्दा बढी रकम डुबाएर फरार रहेकाे आराेप उनलाई छ । उनले सिभिल ग्रुपअन्तर्गतकै सिभिल होम्स प्रालिलाई सहकारीमार्फत ८ अर्ब १ करोड ३७ लाख ११ हजार २११ रुपैयाँ ३७ पैसाभन्दा बढी रकम प्रवाह गरेका थिए । सहकारीका बचतकर्तालाई उनले बाउन्स चेक दिँदै झुलाउने गरेका थिए ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले २०७६ माघ ९ गते तामाङको सम्पत्ति रोक्का गरेको थियो । सिभिल सहकारी संस्थाको ऋण विवादमा परेको मुद्दामा काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनबाट आफ्नो पक्षमा फैसला गराउन पनि तामाङले ठूलै चलखेल गरेका थिए ।

- १९ आश्विन २०७८, मंगलवार ०६:५९ मा प्रकाशित



Kumari Advertisement
top ad