BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

प्रदेश २ का मुख्यमन्त्री राउत आज विश्वासको मत लिँदै

एक्सन खबर
प्रदेश २ का मुख्यमन्त्री राउत आज विश्वासको मत लिँदै

जनकपुर । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत आज बुधबार विश्वासको मत लिँदैछन् । सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) विभाजनपछि उनी विश्वासको मत लिन लागेका हुन् । जसपा फुटेर लोकतान्त्रिक समाजवादी पनि गठन भइसकेको छ ।

विश्वासको मत लिन बिहान ११ बजे प्रदेश सभाको बैठक डाकिएको छ ।

प्रदेश २ मा कुल १०७ सांसद थिए । तर, माओवादी केन्द्रले तीन जनालाई बर्खास्त गरेपछि अब १०४ सांसद छन् । जसमा सत्तारुढ जसपाका ३९, नेपाली कांग्रेसका १९, नेकपा एकीकृत समाजवादीका १३ र नेकपा माओवादी केन्द्रका आठ, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६, नेकपा एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक सांसद छन् ।

- २० आश्विन २०७८, बुधबार ०९:०२ मा प्रकाशित



Kumari Advertisement
top ad