BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

नेपाल मेडिकल कलेजका कर्मचारीको प्रमोसन

एक्सन खबर
नेपाल मेडिकल कलेजका कर्मचारीको प्रमोसन

काठमाडौं । कुनैपनि संस्था बलियो हुन त्यहाँ कार्यरत कर्मचारीहरु दक्ष र अब्बल हुनुपर्ने नेशनल मेडिकल कलेज विरगञ्जका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले बताएका छन् ।

जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा कार्यरत कर्मचारीहरुको प्रमोसन, विजयादशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुँदै डा. अन्सारीले कर्मचारीको वृत्ति विकास नभइ संस्थाको विकास नहुने बताउँदै नेपाल मेडिकल कलेज कर्मचारीको वृत्तिविकास सँगै उनीहरुको हितका लागि सदैव तत्पर रहने पनि बताए ।

स्वास्थ्य क्षेत्र जस्तो संवेदनशील क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी र कर्मचारीहरु अझ दक्ष र योग्य हुनुपर्ने स्मरण गराउँदै कलेजले अब नियमित रुपमा आवश्यक्ता अनुसार वृत्ति विकासमा ध्यान दिने बताए ।

कलेजका अध्यक्ष डा. भोला रिजालले नेपाल मेडिकल कलेजलाई आजको भव्य संस्थाका रुपमा स्थापित गर्न शिक्षक, कर्मचारी र फ्याकल्टीहरुको महत्वपूर्ण योगदान रहेको चर्चा गरे ।

कार्यक्रमा बोल्दै कलेजका म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारीले नेपाल मेडिकल कलेजको स्वास्थ्य सेवा र चिकित्सा शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन चिकीत्सक कर्मचारीको महत्वपूर्ण हात रहेको बताउँदै कलेज व्यवस्थापन सदैव चिकित्सक कर्मचारीको हितमा रहने बताए ।

कलेज नयाँ व्यवस्थापनमा आएसँगै शिक्षक, कर्मचारीका वृत्ति विकासमा जोड दिएकोले अबका दिनहरुमा दक्ष, इमान्दार शिक्षक कर्मचारीलाई प्रोत्साहन गर्ने, प्रमोसन गर्ने, पुरस्कृत गर्ने कार्यहरु निरन्तर भइरहने बताए । ‘तपाईहरुको इमान्दारिता, योग्यतालाई कदर हुन्छ । दक्षता, क्षमता, लगनशीलता अनुसार यहाँहरुको वृत्ति विकास गर्न, प्रमोसन गर्न कलेज व्यवस्थापन सदैव सकारात्मक छ ।’ अन्सारीले चिकित्सा क्षेत्रमा नेपाल मेडिकल कलेजको नाम सदैव अग्रणी रहेको चर्चा गर्दै त्यसलाई जिवन्त बनाइराख्न सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने बताए ।

कलेज व्यवस्थापनले ३३ जना कर्मचारीको उनीहरुको योग्यता, दक्षता अनुसार प्रमोसन गरेको छ । साथै सो अवसरमा कलेजमा लामो समयदेखि कार्यरत चार जना कर्मचारीलाई पनि सम्मानीत गरिएको छ ।

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथिद्वय डा. जैनद्धिन अन्सारी, डा. भोला रिजाल, म्यानेजिङ डाइरेक्टर बसरुद्धिन अन्सारी, प्रिन्सिपल प्रा.डा. प्रमोद कुमार क्षेत्री लगायतले सम्मान गरेका थिए ।

- २२ आश्विन २०७८, शुक्रबार २३:१४ मा प्रकाशित



Kumari Advertisement
top ad