BREAKING NEWS
९ कार्तिक २०७८, मंगलवार

प्रहरी विरूद्धकाे प्रदर्शनमा आधा दर्जन अश्रुग्यास प्रहार, प्रदर्शनकारी माथि निर्घात कुटपिट

एक्सन खबर
प्रहरी विरूद्धकाे प्रदर्शनमा आधा दर्जन अश्रुग्यास प्रहार, प्रदर्शनकारी माथि निर्घात कुटपिट

इनरूवा । जिल्ला प्रहरी कार्यालयकाे हिरासतमा थुनुवाको मृत्यु भएपछि जिल्ला सदरमुकाम इनरूवा तनावग्रस्त बनेको छ ।

पीडितका आफन्तसहित ठूलो संख्याको भीडले प्रहरीमाथि आक्रमण थालेपछि दोहोरो झडपमा प्रहरीले अश्रुग्याँस समेत प्रहार गरेकाे छ । भीडले लाठी र ढुङ्गा मुडा गर्न थालेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन आधा दर्जन बढी अश्रुग्यास प्रहार गरेको हाे ।

झडपमा प्रहरीसहित एक दर्जन बढी घाइते भएका छन् । प्रर्दशनकारीले पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध पारेका छन् । प्रहरीले सुनियोजित रुपले थुनामा रहेका व्यक्तिको हत्या गरेको भन्दै लास समेत नबुझि प्रदर्शन जारी राखेका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख सञ्जय सिंह थापाले सीसीटीभी क्यामेरामा स्पष्ट आत्महत्या गरेको देखिएका बताए । उनले घटना अनुसन्धानको क्रममा रहेकाे र निष्पक्ष छानविन हुने बताए ।

प्रहरीले कार्यालय परिसर नाराबाजी गर्दै उत्रिएका प्रर्दशनकारीलाई हटाउन पटकपटक प्रयास गरेपनि सफल हुन सकेकाे छैन । झडपका क्रममा प्रहरी कार्यालय र परिसरका संरचनामा क्षतिसमेत पुगेको छ । प्रहरी तर्फबाट पनि प्रदर्शनकारी माथि निर्घात कुटपिट भएकाे छ ।

अहिले जिल्ला प्रहरी कार्यालय र इनरुवा बजार क्षेत्रमा ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । सुनसरी प्रहरीका अनुसार अभद्र व्यवहार मुद्धामा पक्राउ परेका भोक्राहा ५ का मोहम्मद हकिव मियाँ अनुसन्धानको क्रममा थुनामा थिए ।

पीडित पक्षले भने प्रेम सम्बन्ध भएर केटाकेटी राजीले भागेको विषयमा राजनीतिक रंग दिइएकाे बताएका छन् । उनीहरुले केटीलाई परिवार पक्षले छुटाएर लगेको र केटालाई अभद्र व्यवहारमा मुद्दा चलाइएकोमा थुनामै मृत्यु हुनु सुनियोजित भनेका छन् ।

हिरासतमै युवाकाे मृत्यु भएकाे घटनामा इनरुवा, बविया, भोक्राहाको अवस्था तनावग्रस्त छ । बवियामा केटा पक्षका प्रदर्शनकारीले एक घरमा आगजनी गरेका छन् । भने, घर तोडफोडको प्रयास पनि भएकाे छ ।

इनरूवामा अहिले परीक्षा दिएर फर्किने विद्यार्थीहरुलाई समेत अबरोध गरिएकाे छ । बिरामी र साइकल यात्रीहरुलाई समेत हिँड्न दिइएको छैन ।

- २४ आश्विन २०७८, आईतवार १५:३९ मा प्रकाशित



Kumari Advertisement
top ad