BREAKING NEWS
८ कार्तिक २०७८, सोमबार

कुपण्डोलमा भण्डारण गरिएको २० लाखको पटाकासहित एक जना पक्राउ

एक्सन खबर
कुपण्डोलमा भण्डारण गरिएको २० लाखको पटाकासहित एक जना पक्राउ

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाले २० लाख मूल्य बराबरको पटाकासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारा गढिमाई-३ गञ्जभवानीपुर घर भई कुपण्डोल गुसिंगल बस्ने ३० वर्षीय उमेशकुमार जैसवाल रहेका छन् ।

गैरकानुनी रुपमा पटका, भुईचम्पा लगायतका आतिसबाजीजन्य विष्फोटक पदार्थहरु विक्री वितरण गर्न भण्डारण भइरहेको सुराकीका आधारमा महाशाखाको प्रहरी टोलीले शनिबार ललितपुर-१ कुपण्डोलस्थित गुसिंगलमा छापा मार्दा टहरा भाडामा लिई भण्डारण गरिएको अवस्थामा १४९४ केजी आतिसबाजीजन्य विष्फोटक पदार्थ फेला पारेको हो ।

बरामद गरिएको पटाका करिब २० लाख मूल्यको रहेको महाशाखाले जनाएको छ । पक्राउ परेका जैसवाललाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरअन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाइएको छ ।

- २४ आश्विन २०७८, आईतवार १५:४५ मा प्रकाशित



Kumari Advertisement
top ad