BREAKING NEWS
९ कार्तिक २०७८, मंगलवार

विराटनगरमा १७ कठ्ठा १० धुर जग्गा नभएकाे गच्छदारकाे जिकीर

एक्सन खबर
विराटनगरमा १७ कठ्ठा १० धुर जग्गा नभएकाे गच्छदारकाे जिकीर

सुनसरी । नेपाली काँग्रेसका उपसभापति विजयकुमार गच्छदारले आफु माथि विपक्षीहरुले विभिन्न लान्छना लगाई विराटनगरमा १७ कठ्ठा १० धुर जग्गा भएको गलत प्रचार प्रसार गरेकाे बताएका छन् । दुहवीमा कांग्रेस पदस्थापन तथा सम्मान कार्यक्रममा बाेल्दै विराटनगरमा १७ कठ्ठा १० धुर जग्गा भएकाे सत्य भए उक्त्त जग्गामा दलित बस्ती स्थापना गर्ने बताए ।

पञ्चायती कालमा आफुले जनपथ टोलमा ६–७ धुर जग्गा खरिद गरी सामान्य कुटी बनाएको र हाल त्यसैलाई झुठा प्रचार प्रसार गरी मेरो आफ्न्तहरुको नाममा १७–१८ कठ्ठा भएको गलत प्रचार गरीरहेको गच्छदारकाे भनाइ छ ।

त्यसैगरी कान्छो छोरा सुवास गच्छदारले बैदेशीक रोजगारबाट ४०–४५ हजार डलर कमाएर ल्याएको र उक्त पैसाले काठमाडाैंमा १३ आना जमिन किनेको तर विपक्षीको कुरामा लागेर विभिन्न सञ्चार माध्यममा गच्छदारको छोराको नाममा १३ रोपनी जग्गा भएको गलत प्रचार गरी आफुमाथि कम्युनिष्ट सरकारले भ्रष्टचारीको जबरजस्ती मुद्दा चलाएर बदनाम गर्न खोजेको बताए ।

पद्स्थापन तथा क्षेत्रीय प्रतिनिधिहरुको सम्मान कार्यक्रमका सभापति कांग्रेसका दुहवी नगर संयोजक दुहवी नगरपालिकाका नगर प्रमुख वेदनारायण गच्छदारले युवाहरुले अग्रजहरु प्रति जहिले पनि अभिभावक, गुरुको दर्जा दिने प्रतिबद्धताका साथ अगाडी बढ्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथिमा कांग्रेस उपसभापति गच्छदार, बिशिष्ठ अतिथि जिल्ला सभापति एवं प्रदेश न १ संसदीय दलको नेता राजीव कोइराला, केन्द्रीय सदस्य कल्पना गच्छदार, बरिष्ठ नेता प्रदिप चौधरी, क्षेत्रीय सभापति मेहन्दी हुसैन, जिल्ला उपसभापति सञ्जय श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

यससँगै गढीगाउँपालिकामा पनि एकै दिन नेपाली कांग्रेसले विजयादशमी शुभदिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान गरेकाे थियाे ।

- २४ आश्विन २०७८, आईतवार २१:३५ मा प्रकाशित



Kumari Advertisement
top ad