BREAKING NEWS
९ कार्तिक २०७८, मंगलवार

गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन भन्दै संसदमा एमाले सांसदकाे नाराबाजी

एक्सन खबर

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा ‘गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै एमाले सांसदहरूले नाराबाजी गरिरहेका छन् ।

चालू नवौँ अधिवेशनको पहिलो बैठकदेखि नै एमाले सांसदहरूले नाराबाजी गर्दै आइरहेका छन् । सोमबार पनि रोष्ट्रम अगाडि उभिएर एमाले सांसदहरूले ‘देश लुट्न पाइँदैन, गोली हान्न पाइँदैन, जनता मार्न पाइँदैन’ भन्दै नाराबाजी गरिरहेका छन् ।

नाराबाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बैठकमा कार्यसूचीमा प्रवेश गराएका छन् ।

आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदमाथि कारबाहीको सूचना टाँस नगरेको भन्दै एमाले सांसदले सभामुख सापकोटाको विरोध गर्दै आएका छन् ।

- २५ आश्विन २०७८, सोमबार १४:५२ मा प्रकाशित



Kumari Advertisement
top ad